मनपरे राख्ने नपरे हटाउँने अधिकार हुनेरैछ,
यही साहित्य बिधामा पनि बारमबार हुनेरैछ।
छलछामको राजनीति कहांछैन आज भोली,
साहित्यमा भद्धा राजनीति लगातार हुनेरैछ।
कहाँ पुगेका छैनन् अवसरबादी उनैका गासे,
जहांपनि हिंजो आज वेइमान गद्धार हुनेरैछ।
तर निरास हुनुहुंदैन ठुलो बलहुन्छ सच्चाईमै,
जिवनभरी साँचो रहनु आफै उपहार हुनेरैछ।
शंघर्ष गर्नै पर्छ हामिले जुनुसुकै क्षेत्रमा पनि,
सच्चाईको बाटो हिंड्ने सधै गुनेगार हुनेरैछ।
फेरीपनि कसै कसैले सधै यही बाटो अप्नाए,
उनिहरूलाई सांच्चै शंघर्ष सँग प्यार हुनेरैछ।
सुरेशकुमार पान्डे।