बुधबार, मंसिर १९, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • लेखकको मुख्य जिम्मेवारी केहो?

लेखकको मुख्य जिम्मेवारी केहो?

  • बिहिबार, भदौ १६, २०७९
लेखकको मुख्य जिम्मेवारी केहो?

सुरेशकुमार पान्डे — लेखकले बुझ्नै पर्ने मुख्य कुरा भनेको आफुले लेखेको बिषय बस्तुलाई आफैले ब्यबहारमा उतार्न सक्किन्छ वा सक्किदैन भन्ने हो।
अहिले मिडियाहरूको प्रतिसप्रदा जस्तो अबस्था त छंदैछ त्यही अनुपातमा लेखकहरूको संख्यामा बृद्धी पनि भएको अबस्थाछ।
अहिले लेख्न र पठाउँन पहिलेको जस्तो जटिलता छैन,सबैका हातमा स्म्राट फोन वा लेपटोप र नेट हुन्छन।
अहिले भर्खरको घटनालाई तत्कालनै लेखेर समाचारको रूपमा वा कथाको रूपमा या फेरी घटनाको बिष्लेषण आत्मक लेख रचना पठाउँन सक्किन्छ।यही काम पहिलेका दिनहरूमा धेरै मिहेनत र कठिन काम लाग्दथ्यो।
मलाई थाहाछ हामिले कुनै कामकालागी एउटा अपिल छपाउँन करिब पन्द्र दिन वा त्यो भन्दा पनि बढी समय लाग्ने गर्दथ्यो।प्रेसमा गएर एक एक शब्द छांटेर मेटर तैयार पार्नेकाम धेरै जटिल हुँनथ्यो।जब कम्पुटर हाम्रो माझमा आयो त्यसले धेरै सजिलो गरायो अब हामिलाई मेटर बनाउन सझिलो भयो,जब नेट सुरू भयो त्यसपछि त झनै सझिलो भयो।अहिलेको अबस्था भनेको कम्पुटराइजहो।
प्रत्येक ब्याक्तिमा आ आफ्ना प्रतिभाहरू हुन्छन,कला हुन्छन त्यो नौलो र अनौठा कुरा होइन।बरू हामि गरिब श्रमजिविहरूले स्कुल कालेजको उच्च शिक्षा हासिल गर्न नसक्दा र बिदेशको बसाइले गर्दा पनि भाषागत रूपमा शुद्ध लेख्न सकी रहेका हुँदैनौ त्यो बिषयलाई हामिले आत्मासाथ गरेर सक्यासम्म लेखनमा शुद्धता ल्याउँने प्रयात्न गर्नु पर्ने हुन्छ।
सुद्ध सुद्धिलाई केलाउँन नसकेपनि लेख कुन उदेश्यले लेखिएको हो र यो लेखले हाम्रो समाजलाई कस्तो असर पर्ला भन्ने बारेमा पनि ध्यान पुराउँनुपर्दछ।हिंजो आजका धेरै लेखकहरू यथार्थको खोज भन्दा आ आफ्नो पार्टी वा नेताको गुणगानमा ब्यस्त हुन्छन।उनिहरूको भजन गाएपछि त्यो लेखले फ्रन्ट पेजमा ठाउँ पाउँने गर्दछ तर तिनै ब्याक्तिहरू छिटै पलायन हुनेगर्दछन।भन्निन्छ नया नयाँ जोगिले भढ्दा खरानी घस्छ अरे त्यस्तै प्रकारले नयाँ नयाँ लेखकहरूले आ आफ्नो सोक पुरा गर्न आ आफ्ना नजिकका नेताहरूको खुबै भजन गाएका हुन्छन परिणाम उनिहरूको लेख छापिन्छन।तर त्यो ब्यबहारले उनिहरूको चरम प्रकारको अवसरबादी ब्यबहार प्रष्ट भयको हुन्छ।
क्रान्तिकारी र अतिरञ्जित लेख लेखेर समाजमा एकप्रकारको झुठको प्रदुषण फैलाएर त क्रान्ति सम्पन्न हुँन सक्दैन।त्यसको लागी क्रान्तिकारी पार्टी र पार्टीका नेता कार्यक्रता र समग्रमा पार्टीको आत्मगत अबस्था तैयार हुनैपर्छ र अन्तरराष्ट्रिय अबस्था पनि तैयार हुनुपर्छ यदी त्यसो छैन भने हामिले लेखेको जनतामा भ्रमको खेती प्रामाणित हुनेछ।
हामिलाई जानकारी भयकैछ देशको बस्तुगत अबस्थाले क्रान्तिको माग गर्दै आएकोछ।देशमा आमूल परिवर्तन आम जनताको पनि चाहानाहो तर त्यत्तिले मात्रै पुग्दैन।
अहिले हाम्रो कर्तव्य देशको रक्षा र गणतन्त्रको जोगेर्ना गर्नु र देशलाई प्रतिगामी शड्यन्त्र बाट जोगाउँनु पनि हो र क्रान्तिको आधार तैयार पार्नुपनि आजको मुख्य आबस्याकता हो।लेखकको मुख्य जिम्मेवारी देशमा आम जनतालाई सचेत गर्ने संगठित गर्ने त्यसको लागी सहि र यथार्थ सामाग्रिको प्रकासित गर्ने कसैलाई ब्याक्तिगत रिसवीको आधारमा गालिगलौच नगर्ने।
अहिले पत्रकार र लेखकहरू लगभग झरि च्याउ जस्तै भैदिए लामा लामा लेखहरूपनि लेखेकाछन तर लेखमा त्यो मौलिक्ता भेटिदैन जो वास्तबमा समाजलाई चाहिएकोछ।बजारमा पनि थुप्रै किताबहरू छन तर उनिहरूले बर्तमान समाजको पक्षपोषण गरेकानै भेट्टिन्छन।जो यो समाजलाई प्रगति तर्फ डोराउँने खालका छन त्यो बिक्रि पनि हुंदैन।लेखकहरूले लेखेका लेख या त बर्तमान समाजको हितका लागी लेखेकोछ भने बिक्रि हुन्छ जो धार्मिक र रूढीवादी अश्लिल छाडा प्रकारका पत्रपत्रिकाहरू,नावलहरू छिट्टै बिक्छन त्यसले गर्दा लेखकहरूले पनि त्यसैको फाइदा उठाउँने गर्छन।
प्रत्येक लेखक वा पत्रकारहरूले आ आफ्नो भविश्य र मुनाफा खोज्छ उनिहरूलाई मैले लेखेको लेखले समाजमा के असर पुग्ला भन्नेबारे सोंच्न सक्दैन बरू के लेखेपछी छिट्टै बिक्ला र त्यो बाट आमदानी बढी होला भन्ने हिसाबले लेख्ने र सम्पादन गर्ने गरिन्छ।कतिपयले भने ठिक बेठिक बुझ्न र छुट्याउँन चाहांदैनन् बरू उनिहरू आफ्ना मालिकका आदेशको पालना गरेर आफुले फाइदा उठाउँने भनौ उनिहरूको आसिर्वाद पाउँने गर्दछन।
आज समाजमा भ्रष्टचार बढेको कारणपनि यिनै महत्वकांक्षीहरूको जमावडाले गर्दा हो।
सकभर लेखकहरूले बर्तमान समाजमा आई परेका थुप्रै कु सँस्कार वा बुजुर्वा समाजको शम्रक्षाण गर्ने खालका बिक्रितीहरूको जरै देखुन उखेल्ने प्रयात्न गर्नु पर्दछ तर यसो गर्दा आफ्नो अमुल्य बिभुषण र संस्कार समेतको रक्षा गर्न समेत बिर्सिनु हुंदैन।अति रञ्जित प्रकारको गतिबिदी जो सधैभरी एकै प्रकारको बिद्रोह बाहिक अरू न देख्ने नाकारत्मक बिचार वा जस्तो छ त्यस्तै ब्यबस्थालाई टेकाई राख्ने खालका दुबै प्रकारका ब्यबहार गलत हुन्छन।समय र परिस्थिती अनुसार राष्ट्रियता र गणतन्त्रको हितमा जनजिविकाको पक्षमा लेख र रचनाहरू निरन्तर पस्किनुपर्छ।

चर्चामा

सम्बन्धित समाचार