बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाज
  • मुम्बईमा अलपत्र बाजुराकी राजपुराकाे परिवार

मुम्बईमा अलपत्र बाजुराकी राजपुराकाे परिवार

  • बिहिबार, भदौ १६, २०७९
मुम्बईमा अलपत्र  बाजुराकी राजपुराकाे  परिवार

महेश कार्की, मुम्बई– रोजगारिको सिलसिलामा भारतको मुम्बई पुगेको एक परिवार अलपत्र अबस्थामा रहेको छ । बाजुरा जिल्ला बुढिनन्दा नगरपालिका वडा नम्बर १० घर भएका राजपुरा दमाईको छ जना परिवार अलपत्र अवस्थामा परेको छ्न ।

आज भन्दा ५ बर्ष अगाडि रोजगार खोज्दै मुम्बई पुगेका राजपुराका श्रीमान भाने दमाईको गत श्रावणमा मुम्बईमा मृत्यु भए पछि उनका दुई छोरा र तीन छोरी सहित छ जना परिवार अलपत्र अबस्थामा छन्। घरको आर्थिक अवस्था कमजोर भएका कारण धन कमाउन मुम्बई हिडेका दमाईको श्रीमानको मृत्यु भए पछि अहिले उनलाई घर फर्किन समेत मुस्किल परेको ।

“पाँच वटा केटाकेटी छ्न अर्काको ठाउँ बस्ने वास र खाने गासको समेत ब्यबस्थापन गर्न गारो भएको पीडित दमाईले बताईन । केही दिन आफन्तको कोठामा बसेर गुजारा चलाई रहेपनि दैनिक खानाको जोहो गरन हम्मेहम्मे पर्ने गरेको उनको भनाई छ । बाबा हुदा कमाई पनि हुन्थ्यो परिवार पाल्न पनि सहज थियो उहाँको मृत्यु पछि आमालाई पनि तिमी काम गन्र सक्दैन भनेर मालिकले रोजगारी बाट पनि निकाले पछि कोठा भाडा तिर्न नसक्ने भएका कारण पहिले बस्दै आएको कोठा छोडेर आफन्तकोमा बस्दै आएको उनिकी १५ बर्षकि छोरी पवना दमाईले बताईन ।

ईन्टरनेशनल अगनाईजेशन अफ माइग्रेशन (आईओएम) को सन् २०१९ को रिपोर्ट अनुसार भारतमा नेपालीहरु रहँदै र श्रम गर्नेहरुको संख्या तिसदेखि चालिस लाख रहेको देखिन्छ । यद्यपि नेपाल–भारतको सीमा खुला भएको हुँदा मौसम परिबर्तनसँगै सिजेनरी कामको लागि नेपालीहरु भारतमा आउने, केही महिना श्रम गर्ने र फेरी नेपाल जाने क्रमहरु चलिरहन्छ । त्यसरी हेर्दा ठुलो संख्यामा नेपालीहरुले नेपाल–भारत आवत–जावत गरिन्छन् । त्यो प्रकृया नेपालको हकमा मात्र होईन भारतीय नागरिकहरुमा पनि नेपाल जाने श्रम गर्ने फर्किने चलिरहेको छ । राजपुरा दमाईको परिवार एक घटना पात्र मात्रै हो

नेपालबाट भारतमा काम गर्न आउने श्रमिक नेपालीहरुसँग परिचय पत्र विवरण वा पञ्जीकरण नभएको हुदाँ जीवन जोखिममा पर्दै अनावाश्यक झण्झटहरु बोहोर्न नेपालीहरु बाध्य छन् । त्यसै कारणले कैयौं अवस्थामा भारतमा श्रम गर्ने नेपालीहरुका लास बेवारिसे पनि हुँनेगरेका छन् । कैयौंले दुःख पनि पाएका छन्।

नेपालबाट भारतमा श्रम गर्न जाने नेपालीहरुको पञ्जीकरण गर्ने भन्दै स्थानीय सरकारले निर्णय गरे पनि त्यो कार्यान्यवन हुन सकेको छैन । नेपालबाट श्रमको लागि भारत आउने नेपालीहरुसँग विबरण सहितका अथेरेटी नहुनु र भारत सरकारले एक पछि अर्को गर्दै नियमहरु कडा बनाउँदै जानुले श्रम गरेर आर्जन गरेको केहि रकम पनि सुरक्षित र सहज रुपमा देश भित्राउन गाह्रो भइरहेको कामदारको गुनासो छ । धेरै पहिलाबाट र भारत नेपाल विच भएका संधी र ति प्रदत्त अधिकारहरु पनि भारत सरकारले एक पछि अर्को गर्दै, भएका केहि प्रमाण खोस्ने र नभएकाहरुलाई वञ्चित गर्दै आएको छ । नेपालीहरुले अरु कष्टकर र झण्झेट पुर्ण जीवन ब्यतित गर्न बाध्य छन् ।

चर्चामा

सम्बन्धित समाचार