आफ्नो घर छांडे सपना आंखाभरी थियो,
अनिश्चित सफर थ्यो आंखामा झरी थियो।
बाल अबस्था अञ्जान ठाउँ थिएन सहारा,
कजाउँथ्यो साहुहरू उसैको मनपरी थियो।
के पाएं के गुमाएं छैन लेखा जोखा म सँग,
त्यो वेला आफ्नो हियामा दर्द बेसरी थियो।
के भनौ शिक्षा स्कुलको गएको सम्झना छ,
थोरै आफैले खोजेको ज्ञान बाह्रखरी थियो।
सुनसान जिवन भोको पेट कथालेख्न थाले,
फुरेन कुनै मनमा घरकै याद घरी घरी थियो।
हाम्रो गाउँमा छुवाछुत जात-भात भन्नेगर्छन,
त्यो वेलामा पनि लाहुरमा त सरोबरी थियो।
सुरेशकुमार पान्डे।