बुधबार, जेष्ठ २, २०८१
  • होमपेज
  • समाचार
  • अछामको विनायकमा युवक मृत भेटिए

अछामको विनायकमा युवक मृत भेटिए

  • बुधबार, भदौ १५, २०७९
अछामको विनायकमा युवक मृत भेटिए

 अछाम — अछामको पञ्चदेवल विनायक नगरपालिका–२ मा एक युवक मृत अवस्थामा भेटिएका छन् । मंगलबार राति करीब साढे १० बजेतिर स्थानीय २५ वर्षीय बमबहादुर धामी मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक कैलाश विष्टले बेलुका घर नफर्किएपछि खोजी गर्दा मध्यपहाडी लोकमार्ग अन्तरगत विनायक बजार नजिकै पर्ने मुख्य सडकको नालीमा धामी मृत भेटिएको जानकारी दिए ।

उनकाअनुसार घटनाबारे विस्तृत विवरण प्राप्त भइसकेको छैन । घटनास्थल सिल गरेर अनुसन्धान भइरहेको प्रहरी निरीक्षक विष्टले जानकारी दिए ।

चर्चामा

सम्बन्धित समाचार