बुधबार, जेष्ठ २, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • हिंसा चर्किएपछि इराकी प्रधानमन्त्री राजीनामा दिन तयार

हिंसा चर्किएपछि इराकी प्रधानमन्त्री राजीनामा दिन तयार

  • बुधबार, भदौ १५, २०७९
हिंसा चर्किएपछि इराकी प्रधानमन्त्री राजीनामा दिन तयार

इराकका प्रधानमन्त्री मुस्तफा अल–काधिमीले देशको जटिल राजनीतिक अवस्था जारी रह्यो भने पदबाट राजीनामा दिने बताएका छन् ।

सोमबार प्रदर्शनकारीहरूले सरकारी मुख्यालयमा प्रवेश गरेपछि अल–काधिमीले अर्को सूचना नभएसम्मका लागि मन्त्रिपरिषद्को बैठक स्थगित गरे ।

यसअघि राजधानी बगदादमा एक प्रमुख नेताले राजनीति छोड्ने निर्णय गरेपछि भड्किएको हिंसामा कम्तीमा २३ जनाको मृत्यु भएको थियो । शिया मुस्लिम धर्मगुरु मोक्तादाले राजनीति छाड्ने घोषणा गरेका थिए । अल–सद्रका समर्थकहरूले सुरक्षा बलमाथि गोली र रकेट फायर गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार