मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • जनउत्थान मलेसियाद्धारा बाजुरा अस्पताललाई भेन्टिलेटर सहयोग

जनउत्थान मलेसियाद्धारा बाजुरा अस्पताललाई भेन्टिलेटर सहयोग

  • आइतवार, भदौ १२, २०७९
जनउत्थान मलेसियाद्धारा बाजुरा अस्पताललाई भेन्टिलेटर सहयोग

बाजुरा– जनउत्थान मलेसियाद्धारा बाजुरा जिल्ला अस्पताललाई भेन्टिलेटर सहयोग गरेको छ । मलेसियामा रहेको प्रबासी नेपालीको सहयोग र रिटनिङ माइग्रेट नेपाल सुदुरपश्चिमको समन्वयमा भेन्टिलेटर सहयोग गरेको रिटनिङ माइग्रेट नेपाल सुदुरपश्मि सदस्य हिक्मत थापाले बताए ।
कामको सिलशिलामा बिदेशीयका नेपालीहरुले काम गरेर देशका नागरिकहरुलाई स्वाथ्यमा सहयोग पुगोस भन्ने उद्देश्यका साथ भेन्टिलेटर सहयोग गरेको थापाले बताए । कोरोरोना महामारी लगाएत अन्य रोगहरुले देशका दुर्गम क्षेत्रका नागरिक हरुलाई अक्सिजन लगाएत भ्यान्टिलेटर नपाएर अकालमा ज्यान गुमाउन नपरोस भन्ने उद्देश्यले पैशा संकलन गरेर सहयोग गरेको उनले बताए ।
रिटनिङ माइग्रेट नेपाल सुदुरपश्मिको समन्वयमा सुदुरपश्चिमाका ९ वटै जिल्लाहरुमो कोरोनाकाता भ्यान्टिलेटर लगाएत अन्य स्वाथ्य सामग्री समेत सहयोग गरेको थियो ।

सुदुरपश्च्चिममा अन्य ८ वटा जिल्लामा यो भन्दा पहिलो सहयोग गरिसको यो बाजुरामा बाकी रहेको थियो यो पटक सहयोग गरेको सदस्य थापाले बताए ।
सहयोग गरिएको भ्यान्टिलेर प्रयोग बिहिन हुने छैन बाजुरा जिल्लाका गरिव असाय नागरिकको लागि भरपुर प्रयोगमा भएको सुन्ना पाईयोस उनले बताए ।

बाजुरा जस्तो दुर्गम जिल्लामा सिमिति संरचना तथा साधन श्रोत भएर पनि सेवा दिदै आएको जिल्ला अस्पताल बाजुरालाई जनउत्थान मलेसियाले गरेको सहयोग प्रति बाजुरा जिल्ला अस्पताल बाजुराका अध्यक्ष मानबहादुर कार्कीले धन्यबाद दिएका छन् । दुर्गम बाजुराका नागरिको स्वाथ्य समस्य बुझेर स्वास्थ्य जीवनमा उपचारको लागि महत्वपूर्ण भ्यान्टिलेर सहयोग गरेको छ ।

आगामी दिनहरुमा पनि जनउत्था मलेसियासंगको सहकार्य रहिरहोस भन्ने कुरा पनि बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार