शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • समाचार
  • भारतमा एकै परिवारका ६ जना मृत भेटिए

भारतमा एकै परिवारका ६ जना मृत भेटिए

  • शनिबार, भदौ ११, २०७९
भारतमा एकै परिवारका ६ जना मृत भेटिए

एजेन्सी — भारतमा शुक्रबार एउटै परिवारका ६ जना मृत अवस्थामा भेटिएका छन्। देशको अम्बालाअन्तर्गत पर्ने बालाना गाउँका एकै परिवारका ६ जनाको मृत्यु भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन्। घटनाका बारेमा जानकारी पाउने वित्तिकै प्रहरी घटनास्थल पुगेको थियो।

प्रहरीले घटनास्थलमा उनीहरुले मृत्यु अगाडि लेखेको पत्र समेत भेटिएको जनाएको छ। तर पत्रमा लेखिएको विषय भने प्रहरीले जानकारी दिएको छैन। घटनामा ६५ वर्षका संगत राम, ३४ वर्षका सुखविन्डर सिंह, संगतकी श्रीमती महिन्द्रा कौर, सुखविन्डरकी श्रीमती रिना, सिंहका दुई छोरीहरु अशु र जास्सीको मृत्यु भएको प्रहरीले जनाएको छ।

उनीहरुको मृत्युको कारण भने अहिलेसम्म खुलेको छैन। तर प्रारम्भिक अनुसन्धानबाट उनीहरुको आत्महत्या भएको आशंका गरिएको छ। प्रहरी उपनिरिक्षक जोगिन्दर शर्माले घटनाका बारेमा अनुसन्धान भइरहेकाले थप विवरण आउन बाँकी नै रहेको जानकारी दिए। उनीहरुको शव जम्मुमा रहेको सरकारी मेडिकल कलेजमा राखिएको छ। घटनाका बारेमा बुझ्न प्रहरीले स्थानीय र उनीहरु निकटस्थसँग बयान लिएको छ।

चर्चामा

सम्बन्धित समाचार