बिहिबार, जेष्ठ ३, २०८१
  • होमपेज
  • समाज
  • कैलालीमा हतकडीसहित भागेका युवकको घरबाट ४७ किलो गाँजा बरामद

कैलालीमा हतकडीसहित भागेका युवकको घरबाट ४७ किलो गाँजा बरामद

  • शनिबार, भदौ ११, २०७९
कैलालीमा हतकडीसहित भागेका युवकको घरबाट ४७ किलो गाँजा बरामद

धनगढी– कैलालीमा हतकडीसहित भागेका व्यक्तीको घरबाट ४७ किलो गाँजा बरामद गरिएको छ। आज कैलालीमा प्रहरीकै अगाडिबाट जिल्लाको जोशीपुर गाउँपालिका ४ वाणी बस्ने शम्भु चौधरीका छोरा २८ वर्षीय शंकर चौधरीको घरबाट गाँजा बरामद गरिएको हो।

शंकरलाई आजै प्रहरीले कुटपिटको आरोपमा समातेको थियो। उनले आफ्नै पितामाथि कुटपपिट गरेको उजुरी परेपछि प्रहरीले उनलाई घरबाटै समातेको थियो। ईलाका प्रहरी कार्यालय जोशीपुरको प्रहरी टोलिले शंकरलाई हतकडी लगाएर ल्याउने क्रममा स्थानीय पथरैया नदीमा हाम फालेर उनी भागेका थिए।

फरार भएका शंकरको खोजीका क्रममा उनलाई जोशीपुर ४ हसनापुरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए। उनका अनुसार शंकर लागुऔषध सेवन गर्ने जानकारी पाएपछि प्रहरीले उनको घरमा खोजी गर्दा ४७ किलो गाँजा भेटिएको छ।

चर्चामा

सम्बन्धित समाचार