बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • देश
  • युरोपको खडेरी ५०० वर्षयताकै खराब

युरोपको खडेरी ५०० वर्षयताकै खराब

  • शनिबार, भदौ ११, २०७९
युरोपको खडेरी ५०० वर्षयताकै खराब

एजेन्सी — युरोपले अहिले कम्तिमा पनि ५०० वर्षयताकै खराब खडेरी भोगिरहेको युरोपेली संघको एक एजेन्सीले बताएको छ। खडेरीका कारण महादेशका झण्डै दुई तिहाई क्षेत्रमा कुनै न कुनै प्रकारको चेतावनी जारी गरिएको हो।

युरोपियन ड्राउट अब्जरभेटरीको अगष्ट रिपोर्टले महादेशको ४७ प्रतिशत हिस्सामा ‘वार्निङ (चेतावनी)’को स्थितिमा रहेको र त्यहाँको माटोको चिसोपन सुकेको जनाएको छ। त्यस्तै अर्को १७ प्रतिशतमा हिस्सामा ‘अलर्ट९सतर्कता०को स्थितिमा रहेको र त्यहाँको वनस्पतिमा खडेरीको प्रभाव पर्न थालेको रिपोर्टले बताएको छ।

रिपोर्टका अनुसार अहिलेको खडेरीले अन्न उब्जनीमा असर गर्ने, डढेलो बढाउनेछ। यो स्थिति युरोपको दक्षिण भेगमा अझै कयौं महिनासम्म कायम रहने तिनले बताएका छन्। युरोपेली संघका अनुसार खडेरी कारण सन् २०२२ मा अघिल्ला पाँच वर्षको औसत उब्जनीको तुलनामा मकैको उब्जनी १६ प्रतिशतले, सोयाबिन १५ प्रतिशतले र सूर्यमुखी तेल १२ प्रतिशतले घट्ने बताएको छ।

युरोपियन ड्राउट अब्जरभेटरी युरोपेली आयोग अन्तरगतको अनुसन्धान विभागको एक शाखा हो। अब्जरभेटरीको तथ्याकं सार्वजनिक भएपछि युरोपेली आयोगले ‘अहिले देखिएको खडेरी कम्तिमा पनि ५०० वर्ष यताकै सबैभन्दा गम्भिर भएको’ उल्लेख गरेको छ।

‘खडेरीले औसतभन्दा बढी डढेलो निम्त्याएको छ भने यसले उब्जनीमा पनि असर गर्ने देखिएको छ। हरेक वर्ष जलवायु परिवर्तनका असर थप टड्कारो बन्दै गएको छ,’ अनुसन्धान आयुक्त मरिया ग्याब्रियलले थपिन्। रिपोर्टले युरोपका लगभग सबै नदीहरु केही न केही मात्रामा घटेको देखिएको छ। घट्दो नदीले युरोपको नदी पारवाहनलाई मात्र होइन, जलविद्युत आयोजनाको उत्पादनलाई पनि असर गर्न थालेको छ।

खडेरीले युरोपमा अहिले नै जलविद्युत आयोजनाको उत्पादन २० प्रतिशतले घटेको छ। रिपोर्टका अनुसार परिस्थिति इटाली, स्पेन, पोर्चुगल, फ्रान्स, जर्मनी, नेदरल्याण्ड, बेल्जियम, लक्जेमवर्ग, रोमानिया, हंगेरी, उत्तरी साईबेरिया, युक्रेन, माल्दोभा, आयरल्याण्ड र बेलायतमा खराब बन्दै गएको छ। लामो खडेरीका कारण युरोपेली नदीहरु तिव्र गतिमा घटिरहँदा नदीमुनी छोपिएका ऐतिहासिक अवशेष बाहिरबाटै देखिन थालेका छन्।

चर्चामा

सम्बन्धित समाचार