शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • बडिमालिका
  • आइएनएफ बाजुराद्धारा आगामी कार्यक्रमका बारेमा छलफल

आइएनएफ बाजुराद्धारा आगामी कार्यक्रमका बारेमा छलफल

  • बिहिबार, भदौ ९, २०७९
आइएनएफ बाजुराद्धारा आगामी कार्यक्रमका बारेमा छलफल

बाजुरा — जिल्लामा संचालित आईएनएफ नेपालद्धारा संचालित कार्यक्रमको समिक्षा तथा परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न भएको छ । बडिमालिका नगरपालिकाको समन्वय तथा आईएनएफ नेपालको आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो ।
आईएनएफ नेपालले बडिमालिका नगरपालिकामा अघिल्लो बर्षमा गरेका कार्यक्रमका बारे जानकारी गराउनुका साथै आगामी बर्षका कार्यक्रमका बारेमा जानकारी गराएको थियो ।

आईएनएफ नेपाल बाजुराले बिगत २०६९ साल देखी जिबिको पार्जन तथा सामुदायीक स्वास्थ्यका क्षेत्रमा काम गर्दै आएको आइएनफ नेपाल बाजुराका परियोजना अधिकृत राजेश राईले बताए । परियोजनाले बडिमालिका नगरपालिकामा बिपत ब्यवस्थापन, सामुदायी स्वास्थ्य र जीवीकोपार्जन परियोजना संचालन गरेको राईले बताए ।

आईएनएफ नेपाल बाजुराका परियोजना संयोजक खेमराज मिश्रको अध्यक्षतामा संचालन भएको सो कार्यक्रमका प्रमुख अतिथि बडिमालिका नगरपालिकाका नगरप्रमुख अमर बहादुर खड्का रहेका थिए । आइएनएफ नेपाल बाजुराका कर्मचारी हेमराज उपाध्यायले संचालन गरेको कार्यक्रममा जनप्रतिनिधीलाई बधाई तथा कार्यक्रमका बारेमा परियोजना अधिकृत राजेश राईले जानकारी गराएका थिए ।

नगरपालिकाका सबै वडा अध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत, वडा सचिव र पत्रकारहरुको सहभागीता रहेको कार्यक्रममा बडिमालिका नगरपालिकाको बिपत ब्यबस्थापनका बारेमा गैर सरकारी संस्था महासंघ बाजुराका अध्यक्ष कृष्ण अधिकारीले सहजिकरण गरेका थिए ।
आईएनएफ नेपाल बाजुराले बडिमालिका नगरपालिका र डीआर फण्डको सहकार्यमा र आइ एन एफ नेपाल बाजुरा शााखाले आयोजना गरको फोहोरमैला व्यवस्थापनमा काम गरिरहेको परियोजना संयोजक खेमराज मिश्रले बताएका छन ।

मार्तडी बजारमा अत्याधिक फोहोर व्यापारिहरुबाट हुने भएकाले बजारमा कालो प्लाष्टिक निषेध गर्ने र बजारमा दैनिक उपभोग्य बस्तु किनमेल गर्न जादाँ ग्राहकहरुले कपडाको झोला लिएर सामान किन्न जाने लगायतका कामहरुमा सहजीकरण तथा कार्यक्रमहरु गर्दै आएको छ ।
फोहोर मैला ब्यबस्थापन संगै कृषकहरुलाई ब्यसायीक तालिम र बिपतका क्षेत्रमा समेत कार्य गर्दै आएको छ ।

आईएनफ नेपालले कोभिडको संक्रमण कालिन अबस्थामा दैनिक मजदुरी गरेर खाने बर्गका लागि राहत बितरण जिल्ला अस्पताल लगायत परियोजनाको कार्यक्षेत्रमा रहेका स्थानिय तहहरुमा आईसोलेशन बनाउन र जिल्ला अस्पताल बाजुरा अक्सिजन सिलिण्डर समेतको ब्यबस्थापनमा सहयोग गरेको थियो ।

चर्चामा

सम्बन्धित समाचार