• होमपेज
  • अन्तर्राष्ट्रिय
  • अफगानिस्तानमा चार संदिग्ध आतंककारी पक्राउ

अफगानिस्तानमा चार संदिग्ध आतंककारी पक्राउ

  • बुधबार, भदौ ८, २०७९
अफगानिस्तानमा चार संदिग्ध आतंककारी पक्राउ

अफगान सुरक्षाबलले पूर्वीप्रान्त वर्दाकमा आतङ्कवादी गतिविधिमा सङ्लग्न भएको आरोपमा चार जनालाई पक्राउ गरेको स्थानीय सुरक्षा अधिकारीले बुधबार जानकारी दिएका छन् ।

गुप्त सूचनाको आधारमा सुरक्षाबलले मङ्गलबार प्रान्तीय राजधानी मैदानशार शहरमा खोजी अभियान चलाएका र आतङ्कवादी गतिविधिमा संलग्न भएको आरोपमा चार जनालाई पक्राउ गरेको प्रान्तीय आतङ्कवाद विरोधी अधिकारी कारी अब्दुल सबूर हम्मादले जानकारी दिएका छन् ।

सुरक्षाबलले ४७ ओटा राइफल, एक रकेट लन्चर र ठूलो मात्रामा गोलाबारुद बरामद गरेको सरकारी स्रोतले जानकारी दिएको छ ।

चर्चामा

सम्बन्धित समाचार