शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • आन्तरिक पर्यटनमा सहकार्य गर्न खप्तड जिप लाइन र ओम फाइबर कम्पनी बीच निर्माण सम्झौता

आन्तरिक पर्यटनमा सहकार्य गर्न खप्तड जिप लाइन र ओम फाइबर कम्पनी बीच निर्माण सम्झौता

  • बुधबार, भदौ ८, २०७९
आन्तरिक पर्यटनमा सहकार्य गर्न खप्तड जिप लाइन र ओम फाइबर कम्पनी बीच निर्माण सम्झौता

अर्थ जङ्ग शाही/ बझाङ — बझाङको खप्तडछान्नामा बन्ने भनिएको जिप लाईन सम्झौतामा आएको छ। खप्तड जिप लाइन कम्पनी र ओम फाइबर ग्लास कम्पनी बीच भाद्र-५ गते सम्झौता भएकाे छ।बझाङकाे पर्यटनमा नयाँ आयाम थप्न काे लागि एउटा बिल्कुलै नौलो साहसिक पर्यटन को सुरुवात गर्न लागेको खप्तड जिप लाइनका संचालक अरुण कुमार रोकायाले बडिमालिका खबरलाई बताएका छन्।

पर्यटन काे विकास ले सम्पूर्ण गाउँपालिकामा आर्थिक चलायमान हुने छ। यो जीप लाइन घटस्थापना काे दिन सिलान्यास भई मंसिर मसान्त सम्म पूरा भई सञ्चालनमा आउने रोकायाले बताएका छन्। जीप लाइन काे लागत ८० लाखकाे रहने छ।

खप्तड जिप लाइनका संचालक अरुण कुमार रोकाया र ओम फाइबर ग्लास कम्पनीका संचालक बिश्व राज गिरीले बझाङको खप्तडछान्नामा जिप लाइन सञ्चालन गर्ने प्रतिबद्धता गरेका छन्। खप्तडमा बन्ने उक्त जिप लाइनका लागी आफू बाट हुने सक्दो सहयोग गर्ने फाइबर ग्लास कम्पनीका संचालक बिश्व राज गिरीले अठोट गरेका छन्। उक्त जिप लाइनमा केन्द्र र प्रदेश बाट पनि केही सहयोग आउने खप्तड जिप लाइनका सञ्चालक रोकायाले बताएका छन्।

No description available.

उक्त जिपलाइन ५ सय मिटर लामो बन्ने छ। नजिकै खोलानाला र हरियालि बनजङगलको भाग पर्ने हुँदा यो अझ बढि रोमाञ्चित र साहासिक बन्ने छ जसले गर्दा पर्यटकहरु यस ठाउँमा अत्यधिक मात्रामा आउने संभावना रहेको छ। उक्त प्रोजेक्टको लागी सबैले सहयोग गरिदिनु हुन रोकायाले सहयोगी मन भएकाहरुलाई हार्दिक अपिल समेत गरेका छन्।

खप्तड जिप लाइनकाे सामाजिक संजालका साइटहरु पनि फ्लो गरेर तपाईहरुका कुराहरु राखिदिन पनि रोकायाले आग्रह गरेका छन्।

TikTok I’d : khaptadziplineresort
Facebook I’d : khaptad zipline resorts
Instagram I’d : khaptad zipline resorts
Email I’d [email protected]
Contact no : 9860835187/ 9808507517

चर्चामा

सम्बन्धित समाचार