मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुराकाे मार्तडीमा ३ र काेल्टीमा ७ जना बन्दकर्ता पक्राउ

बाजुराकाे मार्तडीमा ३ र काेल्टीमा ७ जना बन्दकर्ता पक्राउ

  • मङ्लबार, भदौ ७, २०७९
बाजुराकाे मार्तडीमा ३ र काेल्टीमा  ७ जना बन्दकर्ता पक्राउ

बाजुरा — बिप्लव नेतृत्व नेपाल कम्युनिस्ट पार्टीका १० जना पक्राउ परेका छन । बन्दको आह्वन गर्दै हिडेका नेपाल कम्युनिस्ट पार्टी बाजुराका ३ जना सदरमुकाम मार्तडीबाट र ७ जना काेल्टी बजारबाट  प्रकाउ परेका जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएकाे छ ।

जिल्ला सदरमुकाम मार्तडीमा बन्द गराउदै हिडेका कम्युनिस्ट पार्टी बाजुराका जिल्ला सचिव भुपेन्द्र विक एण्डीज, केन्द्रीय सदस्य मान बहादुर रावत, जिल्ला कमिटि सदस्य सुक नेपाली लगायत ३ जना सदरमुकाम मार्तडी बाट प्रकाउ परेका छन भने अन्य ७ जना काेल्टि बजारबाट प्रक्राउ गरेको जिल्ला प्रहरी कार्यलय बाजुराका  प्रहरी नायव उपिरक्षक  सुर्य थापाले बताएका छन ।
बाजुरामा आज नेत्र विक्रम चन्द विप्लवसहित कम्युनिस्ट पार्टीले नेपाल बन्दको घोषणा गरेपछी सुरक्षामा कडाई गरिएको छ । लामो दुरीको सवारी सधान चलेका छैनन छाटो दुरीको सवारी साधान छिटपुट रुपमा चलिरहेको प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार