गजल!

  • सोमवार, भदौ ६, २०७९
गजल!

अहिले पनि चिया पत्ति र जिरा बोक्छन,
लाहुरको सम्झना त तित्ता पिरा बोक्छन।

गर्छन तस्करहरू पनि ओर दोर ठुलठुला,
कोही शुन बोक्छन कसैले हिरा बोक्छन।

उनैको जमघट भढी हुनेगर्छ हाम्रो देशमा,
बिदेशी समान दुद देखून मदिरा बोक्छन।

यँहा बाट अमुल्य बस्तु र औषधी पुराउँदा,
जस्तै कि यसोगुम्बा चिप्ले किरा बोक्छन।

हाम्रो सन्तानले ढुङ्गामा प्राण हाल्न खोजे,
तर मानव तस्करले राधा र मिरा बोक्छन।

सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार