बाजुरा — बाजुराको सदरमुकाम नजिकै रहेको बडिमालिका नगरपालीका वडा नम्बर ८ को बाउली बस्तीमा ५ लिटर अवैध घरेलु मदिरा नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय बाजुराले विभिन्न होटलहरुमा चेकजाँज गर्दा पाँच लिटर अवैध घरेलु मदिरा फेला पारेको हो ।
जिल्लाको बाउली बस्तीमा मदिरा पसल तथा होटल व्यवसायहरुको पसलबाट आईतबार अवैध मदिरा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका सुचना अधिकारी गिन्द्र बहादुर बोगटीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयको टोली,कोष तथा लेखा नियन्त्रक कार्यालय,घरेलु तथा साना उद्योग , नागरिक समाज र पत्रकारको रोहवरमा शनिबार सदमुकाम मार्तडी बजारमा अनुगमन गर्दा १ सय लिटर बरामद गरिएको थियो ।
सोहि टोलीको अनुगमनमा आईतबार बडिमालिका ८ बाउली बस्तीमा होटल व्यवसाय गर्दै आएका एक होटल व्यवसायीको होटल बाट पाँच लिटर घरेलु मदिरा नष्ट गरिएको प्रहरीले बताएको छ ।