शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बडिमालिका
  • उपप्रमुख कुवरद्धारा कन्सन हरडे सडक अनुगमन

उपप्रमुख कुवरद्धारा कन्सन हरडे सडक अनुगमन

  • आइतवार, भदौ ५, २०७९
उपप्रमुख कुवरद्धारा कन्सन हरडे सडक अनुगमन

बाजुरा —  बुढीगंगा नगरपालिकाका उपप्रमुख माया खड्का कुवरद्धारा कन्सन देखी हरडेसम्मको सडकको अनुगमन गरेको छ । साफे मार्तडी सडक अन्र्तगत बल्दे देखि हरडेसम्मको सडक पहिरोले बगाए पछि बुढीगंगा नगरपालिकाको समन्व्यमा बैकल्पीक सडकका रुपमा सन्सन अमकोट हुदै हरडेसम्म सडक खोल्ने काम भईरहेको छ ।
कन्सन देखी अमकोटसम्म करिब १ किलोमिटर बढी सकडक  खोलीसकेको छ । गाउँ गाउँको बिचमा भएकोले ढिलो भएको छ गाउबाट अगाडी बढेपछि काम छिटो हुने सडक डिभिजनले बताएको छ ।
बुढीगंगा नगरपालिकाको अगुवाईमा र सडक डिभिजन साफेबगरले काम गरिरहेको सडकको नगर उप्रमुख कुवरले आज सनीबार अनुगमन गरेको बुढीगंगा नगरपालिकाका कार्यकारी नरेन्द्र नाथले बताए ।
बुढीगंगा नगरपालिकाको असार २३ गते भएको निर्बाचन पछि नया जनप्रतिनिधिका रुपमा नेकपा एमालेबाट आएका जनप्रतिनिधिले आफ्नो पहिलो कामका रुपमा लिएको सडकको काम सोचे जस्तो चाडा नभए पछि बुझ्न उपप्रमुख कुवर आफै गएको नाथले बताए ।
साफे मार्तडी सडक अन्र्तगत बन्दे देखी हरडेसम्मको सडक पहिरोका कारण बिगत चार बर्ष देखि बर्षा याममा बन्द हुदै आएको छ । बन्द सडकको बुढीगंगा नगरपालिकाले बैकल्पीक सडकका रुपमा कन्सन अमकोट हुदै हरडेसम्म सडक बनाउन अगुवाई गरेको छ ।
साफे मार्तडी सडक बन्द पछि सदरमुकाम मार्तडी लगाएत उत्तरी क्षेत्रका चार स्थानिय तह र कर्णाली प्रदेशका हुम्ला, मुगु र कालीकोटका स्थानियले सास्थी बेहोर्दै आएका छन् ।
कन्सन बाजुरा देखि हरडेसम्मको नया खोलीने सडकको लम्वाइ करिव चार किलोमिटर छ । पुरै चट्ठान छ । स्काईभेटर एउटा मात्र भएकोले ढिलो हुन गएको सडक डिभिजनका प्राबिधिक गोकुल गिरीले बताए ।
सडक गाउको बिचमा लिनु पर्ने छ स्थानियहरु आफ्नो कम काटीदिनिु पर्यो भन्दै डोजर नजिकै आएर उभिदा काम सोचे जसरी अगाडी नबढेको उनले बताए ।
दुई वटा डोजर लगाउन भन्दै अर्को डोजर साफेबाट आएको तर बार्जुगाडमा पहिरोका कारण उतै काममा ब्यस्त भएर नआएकोले एउटैले काम गर्दा ढिलो भएको गिरीले बताए ।

चर्चामा

सम्बन्धित समाचार