सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • जगन्नाथ
  • जगन्नाथ गाउँपालिका–५ मा सामुदायिक स्वास्थ्य केन्द्र स‌चांलन

जगन्नाथ गाउँपालिका–५ मा सामुदायिक स्वास्थ्य केन्द्र स‌चांलन

  • शुक्रबार, भदौ ३, २०७९
जगन्नाथ गाउँपालिका–५ मा सामुदायिक स्वास्थ्य केन्द्र स‌चांलन

बाजुरा — जिल्लाको जगन्नाथ गाउँपालिका–५ मा सामुदायिक स्वास्थ्य केन्द्र स‌ंचालनमा ल्याइएकाे छ । गाउँमा स्वास्थ्य सेवा प्रबाहमा कठीनाइ भएकाे भन्दै  वडा न ५ मा सामुदायिक स्वास्थ्य केन्द्र स्थापना गरि बिहिबारबाट संचालनमा ल्याएकाे हाे ।

गाउँपालिकाकाे वडा नं ५ र ६ का स्थानियलाई एउटै सामुदायिक स्वास्थ्य केन्द्र एकै ठाउँबाट सेवा प्रदान गरिदै आएकोमा अव सहज हुने जगन्नाथ गाउँपालिका अध्यक्ष कालि बहादुर शाहीले बताएका छन ।

बिहीबारबाट  वडा नं ५ ले आफ्नै वडामा बनेको सामुदायिक स्वास्थ्य केन्द्र बाट त्यहाँका स्थानियलाई स्वास्थ्य सेवा प्रदान गर्ने भएको वडा न ५ का वडा अध्यक्ष गाैरी शार्कीले बताएका छन ।

वडा नं ५ को सामुदायिक स्वास्थ्य केन्द्रको भवन पहिलेनै बनि सकेको भएता पनि बिबिध कारण ढिला भइ बिहिबार देखी स्वास्थ्य सेवा प्रदान गर्न सुरु गरेको वडाध्यक्ष  सार्किले बताए ।

 सामुदायिक स्वास्थ्य केन्द्रमा २ जना स्थायी,२ जना अस्थायी कर्मचारी र १ जना कार्यालय सहयोगी समेत रहेर स्वास्थ्य सेवा प्रबाह गरिने वडाध्यक्ष सार्कीले बताएका छन।

त्यहाँका स्थानीय स्वास्थ्यको पहुँचबाट वञ्चित नहुन उदेश्यका साथ आफ्नै वडाबाट स्वास्थ्य सेवा सुचारु गरिएको अध्यक्ष सार्कीले बताए ।

चर्चामा

सम्बन्धित समाचार