• होमपेज
  • समाचार
  • काबुलको मस्जिदमा शक्तिशाली विस्फोट

काबुलको मस्जिदमा शक्तिशाली विस्फोट

  • बिहिबार, भदौ २, २०७९
काबुलको मस्जिदमा शक्तिशाली विस्फोट

काठमाडौं — अफगानिस्तानको राजधानी काबुलस्थित एक मस्जिदमा भएको शक्तिशाली विस्फोटमा परी थुप्रै मानिसको मृत्यु भएको आशंका गरिएको छ। बुधबार साँझको प्रार्थनाका क्रममा विस्फोट भएको हो। एक गैरसरकारी संस्थाका अनुसार विस्फोटमा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने एक दर्जनभन्दा बढी घाइते भएका छन्।

बीबीसीको पश्तो सेवाका अनुसार केही अपुष्ट रिपोर्टहरूले उक्त विस्फोटमा २० जनाको मृत्यु भएको र ४० भन्दा बढी घाइते भएको दाबी गरेको छ। यद्यपी यो संख्याको आधिकारिक पुष्टि भने भइसकेको छैन। काबुलमा, तालिबान प्रहरी प्रवक्ता खालिद जाद्रानलाई उद्धृत गर्दै स्थानीय मिडियाले विस्फोट सहरको उत्तर(पश्चिममा भएको जानकारी दिएको थियो। –एजेन्सी

चर्चामा

सम्बन्धित समाचार