बिरोध हुन थाल्यो गर्दा राम्रो काम किनहो,
छंदैछैन मनभित्र कसैलाई आराम किनहो।
देशलाई बनाउन थालेकाछन फिजी आज,
यसैको बारेमा हामिपनी जान्नपाम किनहो।
कहां सम्म लैजानेहो बिभेदको पेटारो हामी,
कसैको पाइलामा नी लागेन लगाम किनहो।
घृणित हुन्छ ब्यबहार सरकारको देश माथी,
सुन्दैनन् सिकायत यो कता लैजाम किनहो।
लुछेका छन लुटेराहरू सातौटा टुक्रामा पार्दै,
भन्न थाले देश टुक्रा-टुक्रामा कटाम किनहो।
युवा बिहिन भयो मेरो देश बिदेशीको रजा़ई,
हाम्रा युवालाई भन्छन बिदेश पठाम किनहो।
सुरेशकुमार पान्डे।