गजल!

  • मङ्लबार, साउन ३१, २०७९
गजल!

साहेद अब त दुःख सहनु आदत्त भयो,
हिया भित्र त पुराना घाउको खत भयो।

यो जिन्दगी काहाँछ जिन्दगानी जस्तो,
सधै बतास सँग आउने कयामत भयो।

हिंजो वीरको उपाधी पाएका पुर्वज ले,
भन्छन धिकार उपहास यो रगत भयो।

के सकिन्छ गर्न तमाशा हेर्छन छोरा ले,
अनायसै जल्छ मुटोमा भत भत भयो।

ठूलो ख्वाइस थियो नामनै क्रान्ती राखें
तर जंड्या कसैलाई जुवा कै लत भयो।

स्वर्गको खोजिमा जिवन बितायो सेते,
आज यो जिन्दगि नर्क हकिकत भयो।

सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार