सुरेशकुमार पान्डे — नागरिकता बिधेयक दुबै सदनले पारित गरेर राष्ट्रपति कार्यलय पठाएका थिए जस्लाई पन्द्रदिन भित्रनै पुर्नबिचारका लागी फिर्ता पठाएकीछन।
राष्ट्रपतिले त्यो राष्ट्रघाती नागरिकता बिधेयकलाई प्रामाणिकरण नगरेर आफु देशभक्त भएको पुष्टी गरिन।
यो सम्मानिय राष्ट्रपति ज्यु को अधिकारको बिषयलाई आफुले प्रयोग गरेर अहिले त्यो राष्ट्रघाती नागरिकता बिधेयक रोके ता पनि खतरा अंझै बरकरारनैछ। तर पनि अहिले राष्ट्रपतिको यो ऐतिहाशिक कदमले त्यो राष्ट्रघाती बिधेयकलाई केही दिन सम्मको लागी भयपनि लागुहुन बाट रोकिएकोछ।
तर पनि देशभित्र बिदेशीका दलालहरूको बहुमत भयपछि उनिहरूकै आदेशमा यो बिधेयक फेरी आर्को पल्ट सदन बाट पारित गराएर अनोमोदनका लागी पठाउँनेछन।
यो नागरिकता बिधेयक देशको लागी ठुलो खतराछ जस्ले नेपाललाई अल्पमतमा पार्नेछ भन्ने बारे जनतामा यस्को असली अनुहार पुराउने र यो नागरिकता बिधेयको ब्यापक रूपमा जनस्तिर बाट,पत्रकार,बुद्धिजिवी र लखकहरू बाट बिरोध हुनुपर्छ तब मात्र यस्लाई रद्ध गर्न सक्किनेछ।
यदी संसदिय सदस्यहरूलाई देशको मायाँ छ भने फेरी पनि यो बिधेयकलाई अध्यायन गरेर पुर्नमुल्यङ्कन गर्ने मौका मिलेकोछ।यस्तो नागरिकता बिधेयकले देशलाई देशको सार्भौम अस्तित्व नै स्वाहा पार्ने खालको राष्ट्रघाती नागरिक बिधेयकलाई संसदले खारिज गर्नु पर्दछ।
कुनैपनि देशले यति सजिलरी कसैलाई नागरिकता दिने छुट दिएको छैन।स्वायम भारतमा पनि कुनै देशबाट आएको ब्याक्तिलाई दोहोरो नागरिकताको छुट छैन।
भारत र नेपालको सिमाना खुला भयकोले उता बाट नजिकका अस्पत्तालमा आएर बच्चा जन्माएकाहरूले बिगत त्यही प्रमाणका आधारमा नागरिकता पाए र करिब चालिस लाख भारतिय हरूले जन्मका आधारमा नागरिकता पाएपछि नै देशमा नेपाल बिरोधी आन्दोलनहरू भएकाथिए।
देशभित्र आएको संघियता पनि त्यसैको परिणामहो यो संघियता देशका जनताले कुनैपनि काल खण्डमा उठाएको नारा वा माग थिएन।
अहिले संघियताले देशलाई कां पुराएकोछ त्यो सबैको सामुन्य छ।त्यस बारे पटक पटक उल्लेख र छलफल भएकैछन।आज देशमा आर्थिक सङ्कटको अबस्था त्यसैको परिणाम हो।
अहिले फेरी उनैका आश्रृतले नागरिकता पाउँने प्रावधान छ त्यो मात्र होइन अंगिकृत नागरिकहरू देशको सर्वोच्च स्थानमा पुग्ने ढोका खुल्ला गरेर देशको अस्तित्वनै न रहनेगरी नागरिकाता खुल्लम खुल्ला दिने प्रावधानलाई राष्ट्रपती ज्युले फिर्ता पठाएर एउटा सच्चा देशभक्तले गर्ने काम गर्नुभयो त्यो स्वागत योग्यो बिषयहो।
कुनैपनि देशको नागरिकता नीति बलियो हुनुपर्छ,सिमानाहरूमा तारबार हुनुपर्छ।तर सबै भन्दा पहिले आ आफ्नो मानसिकतामा देशभक्ति बिचार र देशको शुरक्षाको लागी कर्तव्य बोध गर्ने मानसिकता हुनुपर्छ।
भारतमा बिगत लामु समय देखुन बसोबास गरेकाहरूको अहिलेपनि नागरिकता छैन।सांच्चै भन्ने हो भने नागरिकता प्रमाण पत्र के हो भन्नेबारे पनि जानकारी छैन।भारतको नागरिकता पासपोर्ट जस्तो महत्वपुर्ण दस्तावेज बनाउन कम्तिमा पनि दशवटा भारतिय आइडी प्रमाण पत्रले पुष्टि गर्ने गर्दछन।
सबै भन्दा पहिले जनम दर्ता,आधार काड,पान काड, बैंकको खाता,ड्राइबरी लेन्स,बिजलीको मिटर,ग्यासको कनेक्सन,पानिको कनेक्सन लगायतका सबैको के वाइ सी प्रमाणिक नगर्दा सम्मनी उनिहरूको पासपोट बन्न सक्दैन।भारत जस्तो बिसाल भुगोल र जनसंख्या भयको देशमा पनि यति सक्तछ।
अंझ नेपाल त भारतको तुलनामा २२गुणा स्यानो र थोरै जन संख्या भएको देशहो।कां भारतको एक अरब पैंतिस करोडको जन संख्या छ भने नेपालमा जम्मा जम्मी पुग न पुग तिन करोढको जन संख्याछ।
सांच्चै भन्नेहो भने भारतिय जनता तिन करोड भारतबाट गय भारतलाई कुनैफरक पर्दैन त्यही जनता नेपालमा आयो भने नेपाल अल्पमतमा पर्छ।
नेपालीहरू पुरै भारतमा गए कुनै फरक पर्दैन भारतियहरूलाई।यो देशको भगौलिक र जन संख्याको आधारमा पनि हामिले नागरिकता जस्तो देशको आधारभुत दस्तावेजमा लापर्वाही गर्छौं भने हामिले जानि जानी देशको सार्वभौमिकता माथि खेलवाड गरेका हुन्छौँ।बिडम्बना त यही देशका सपुतहरू आफैले देशलाई जोगाउनुको साटो देशलाई आफ्नो मात्रृत्व भूमिको सौदागर हुन पुगेकाछन।अहिले सत्ता लोलुप्ताले गर्दा नेपाली जनताका प्रतिनिधिहरूले जसरी बिदेशीको दलालि गर्दै आएकाछन यो नराम्रो संकेत हो।