• होमपेज
  • समाचार
  • नेपाली र अमेरिकी सेनाबीच संयुक्त सैन्य अभ्यास हुने

नेपाली र अमेरिकी सेनाबीच संयुक्त सैन्य अभ्यास हुने

  • मङ्लबार, साउन ३१, २०७९
नेपाली र अमेरिकी सेनाबीच संयुक्त सैन्य अभ्यास हुने

नेपाली सेना र अमेरिकी सेनाबीच संयुक्त सैन्य अभ्यास हुने भएको छ । नेपाली सेनाको मुख्यालय जंगी अड्डाका अनुसार दुई देशका सेनाबीच एक महिना सैन्य अभ्यास हुने भएको हो ।

दुई देशका सेनाबीच यही साउन ३१ देखि भदौ ३१ गतेसम्म हुने सैन्य अभ्यासमा नेपालको रेञ्जर गणहरू र अमेरिकी सेनाको टुकडी सहभागि हुनेछन् । उक्त सैन्य अभ्यासमा नेपाली सेनाको तर्फबाट ८० र अमेरिकी सेनाको तर्फबाट १६ गरी ९६ जनाको सहभागि रहने जंगी अड्डाले जनाएको छ । सैन्य अभ्यासका लागि अमेरिकी सेना मंगलबार नेपाल आइपुग्ने नेपाली सेनाले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार