• होमपेज
  • समाचार
  • डडेल्धुरामा पहिलोपटक सवारी लाइसेन्सको परीक्षा, भदौमा ट्रायल

डडेल्धुरामा पहिलोपटक सवारी लाइसेन्सको परीक्षा, भदौमा ट्रायल

  • सोमवार, साउन ३०, २०७९
डडेल्धुरामा पहिलोपटक सवारी लाइसेन्सको परीक्षा, भदौमा ट्रायल

धनगढी — डडेल्धुरामा पहिलोपटक सवारी चालक अनुमति पत्र (लाइसेन्स) को परीक्षा सञ्चालन भएको छ। यातायात व्यवस्था कार्यालय डडेल्धुराले आइतबार लाइसेन्सको लिखित परीक्षा सञ्चालन गरेको हो।

पहिलोपटक सञ्चालन भएको ए, के र बी वर्ग अथात् मोटरसाइकल, स्कुट, जीप र कारको लिखित परीक्षा सञ्चालन गरिएको निमित्त कार्यालय प्रमुख मेखराज उपाध्यायले बताए। अब लिखित परीक्षाको नतिजा प्रकाशन गर्दै भदौ दोस्रो साताभित्र प्रयोगात्मक अर्थात् ट्रायल गर्ने तयारी रहेको उनले बताए।

उनका अनुसार कार र जीपका लागि ४८ जनाले बायोमेट्रिक गरेकोमा परीक्षामा ४३ जना सहभागी भएका छन् भने मोटरसाइकल र स्कुटरका लागि १ सय २२ जनाको बायोमेट्रिक भएकोमा ५ जना अनुपस्थित भएका छन्। सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद्को बैठकले ०७८ साल चैत १६ गते यातायात व्यवस्था सेवा कार्यालयको स्तरोन्नति गर्दै यातायात व्यवस्था कार्यालय डडेल्धुरा नामाकरण गरेपछि कार्यालयले लाइसेन्स जारीको अधिकार प्राप्त गरेको हो।

चर्चामा

सम्बन्धित समाचार