बुधबार, मंसिर १९, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • लालचले बर्गिए एकतामा बाधा पुराएकोछ।

लालचले बर्गिए एकतामा बाधा पुराएकोछ।

  • आइतवार, साउन २९, २०७९
लालचले बर्गिए एकतामा बाधा पुराएकोछ।

सुरेशकुमार पान्डे — जँहा पनि धनको लोभ बढ्दै गएको देखिन्छ यो हिंजोको तुलनामा आज बढी छ।
पुंजि प्रधान समाज भित्र सबैको प्यारो धन भयो किन की धन बिना कुनै काम पनि हुंदैन।हामिले आफै अनुभव गरेको कुरा हिंजोका दिनहरूमा गाउँ घरमा परिमो गरिन्थ्यो,बिनिमय ब्यापार पनि गरिन्थ्यो एकले आर्काको दुःख सुःखमा सहभागि हुने र मद्त गर्ने गरिन्थ्यो।त्यो वेला निरंकूश पञ्चायती ब्यबस्था थियो सरकारी काममा पनि श्रमदान गर्ने चलन नै थियो बरू कुनै जान सकेन काममा भने पञ्चहरूले खारा झारेर खसिखाने पनि गर्थे र त्यो बहानामा थुप्रै आफ्नो दुश्मनी निकाल्न पिडितलाई झन यातनाहरू दिनेगर्थे।
तर जनताले गाउँमा जुनसुकै काममा पनि परिमो गरेर एकले आर्कालाई सहयोग गर्ने मानवताको गुण थियो।जातिय बिभेद र छुवाछुत थियो तरपनि गाउमा एकले आर्को छिमेकीलाई कुनैन कुनै साइनो जोडेर बोल्ने गरिन्थ्यो बरू त्यो वेला अहिलेको भन्दा शान्ति थियो।
आजको अबस्था यति धेरै स्वार्थिभयो र मानवता बिहिन भयो यो मानिसहरूको लागि ठिक होइन र आत्माघाती पाइलोहो।
‘एकपल्ट म बिदेशमा छिमेकी देशमा थिएं म त्यो सहरमा नया नयाँ भएकोले मलाई धेरैले चिन्दैनथे।खालि समयमा नहरको पुलमा बसेको थिएं एकजना स्थानियले सोध्यो’भाइसाहिव यँहा कुनै नेपालीछन?छन म आफै पनि नेपाली हुँ मैले भने,नमस्ते भाई मेरो समस्य हल भयो!उस्ले भन्यो।के समस्य पय्रो?मैले सोंधे,भाई जी म फलानो सेलरको मनिजर हुँ हाम्रो सेलरमा केही बर्ष देखि एउटा नेपाली चौकीदारले काम गर्थ्यो तर आज अचानक उस्को मृत्यु भयो यहाँ उस्का कुनैपनि आफन्तीलाई हामिले चिनेकाछैनौं त्यसको आफन्तीलाई खोज्दै हिंडेको तिमिलाई भेटाएपछि म हलुको भए!त्यो मुनिमले भन्यो।अब मेरो समस्या बढ्यो आखिर यो अञ्जान सहर अनि कुनै आफ्नो जानकारपनि छैन।भाई मेरो त आफ्नो होइन मैले केगर्ने?तिमि त नेपाली त हौ! उस्ले भन्यो।त्यही वेला केही नेपालीहरू नहरको डिलमा हिंडेको देखेंर बोलाएं।
ए दाई -ए दाई! के भयो?उनिहरूले मतिर फर्केर सोधे!एकछिन यहाँ आउँनुस त!भन भाई छिटो-ढिलो भएकोछ हामिलाई उनिहरूले भने।
एकजाना मानिस मरेकोछ अरे कुनै सेलरमा यो भाई नेपाली खोज्दै आएकोछ! मैलेभने,हामिले चिनेका छैनम आज यो नहर सुकेको छ माछा मार्न जांदैछम भनेर उनिहरू बाटा लागे नजिक पनि आएनन्।त्यो देखेर मलाई असंगठित मानिसहरूमा मानवताको गुण सकिएछ भन्ने लाग्यो र त्यो सहरमा संगठन बनाउन पछि सक्रिय रूपमा लागेको थिएँ।त्यो दिन एक जन बुढालाई साइकिलमा बसालेर त्यो सेलरमा गयौं उस्का समान चेक गय्रों र पत्रको खाममा उस्को ठेकाना थियो पत्रपठायौं समान सबै गिन्ति गरेर त्यँही रखायौं त्यो लासको पोष्टमाटम गराएर अन्तिम संस्कार गय्रौं।
यो एउटा सामन्या जस्तो लाग्ने घटनाहो तर यस्ता दिनौ घट्ने थुप्रै घटनाहरूले प्रवासमा संगठित गर्ने प्रेणापनि दिन्छ।कसैलाई मालिकले काम गराएर तलब नदिने,बंधुवा बनाएर राख्ने कयौं नेपालीहरूले गलत लतमा परेर घर बिर्शिने गरेकोलाई संगठनले निशुल्क शिक्षा दिएर उन्को उत्थान गर्यो।अहिले कसैलाई कसैले सहयोग गरेपनि त्यसमा राजनीति हुनथाल्यो।यस्तो गलतकाम जस्ले गरेको भयपनि निन्दनिय कार्यहो सहयोग भनिसकेपछी त्यो सहयोगनै हो र जुनकामको लागी हामिले चन्दा आम श्रमजिविबाट सङ्कलन गरेका हुन्छौं त्यो काममै खर्च हुनुपर्छ।
हामिले हिंजो देशमा पञ्चहरूले श्रमदान गराउँदा नबोली गय्रो जान नसकेकोमा खारा पनि दिन बाध्य भयौं तर त्यो सहयोग अहिले आफ्नै दाई भाइमा पनि शेर गर्न सक्दैनौँ बरू एउटा भाइले राम्रो ब्यबहार गरेर सन्तोश जनक बसेकोछ भने आर्कोलाई जलन भएको हुन्छ।
एक आर्कामा अनाबस्याकरूपमा खिचातानी हुनेगर्छ यो अहिलेको राजनीतिक दौरले पनि यसोगराएकोछ।किसानलाई किसान सँग ,बुद्धिजिविलाई बुद्धिजिवि सँग,मजदुरलाई मजदुर सँग भन्नुपर्दा एउटा भाइलाई आर्को भाई सँग अहिलेको गलत राजनीतिले लडाएकोछ।
बिभिन्न पार्टीहरूका जनवर्गिय सँगठनहरूले पार्टीको निर्देशन अनुसार आफ्नै बर्ग र आफ्नै शन्तान समेतलाई कुटपिट गर्न पछि पर्दैनन्।यस्तो दुषित राजनीति गर्नुभन्दा राजनीति नै नगरौं भन्ने आम मानिसले भन्छन।
एका तिर राजनीति बिना समाजमा रहेको गलत र सहिको छिनो फानो गरेर बिकास गर्न गारोछ।किन कि राजनीति त समाज सँग अटुट् सम्बन्ध हुन्छ त्यो मात्रै होइन ब्याक्तिसँग पनि त्यसको अटुट् सम्बन्ध हुन्छ।
आर्को तिर राजनीति अहिलेको एकप्रकारले समाजमा प्रदुषण जस्तै भयकोछ किनकी राजनीतिको लागी राजनीति गरेनन् समाज र राष्ट्रियताको लागी वा जनजिविकाको लागी भन्दापनि पेसाको लागि राजनीति गर्ने बिरोधको लागि बिरोध गर्ने प्रकृयाले गर्दा यसो हुनपुगेकोछ।
अहिले बहुदलिय ब्यबस्था बाट अघाएका जनताहरूलेनै स्वतन्त्र उमिदवारहरूलाई भारिमतले जिताएकाछन।किन कि जस्ले राणाको र राजको प्रत्यक्ष साशन देखेको छ उस्लेपनि अहिलेको राजनीति ब्यबहारको बिरोध गर्दैछ।
बिस.२०४५-४६साल तिर देशका जनतामा बहुदलिए ब्यबस्थाको लागि जुन जनमत थियो त्यो जनमत यदी राजाले घुंडा नटेकेको भए र राजनीतिक पार्टीहरूमा सत्ताको लोभ नपलाएको भए देशभित्र नौलो जनवादी क्रान्ति समपन्न हुनेथियो।
तर नेताहरूको पदलोलुपता र राजनीतिक पार्टीहरूको सत्ता मोहले त्यो क्रान्तिकारी स्पृटलाई सिथिल पाय्रो।त्यही वेला सम्बिधान सभाको चुनाव भएको भए देशको अबस्था भिन्दै हुनेथियो।
देशभित्र जातिय आन्दोलन भयो तरपनि जातिय मुक्ति कोसौं टाडाछ,अहिले समाजवादी अन्मुख र समावेसी सम्बिधानमा उल्लेख भएपनि अबस्थामा सुधारछैन।
हिंजो जस्ले आन्दोलनको नेतृत्व गर्यो त्यो सत्तामा पुगेर अर्बौंपति भयो उस्को र उसका आसेपासे र गासेको लागि त जरूर देशमा समाजवाद आएकोछ तर देशमा अर्बौं रिणछ एकजना नागरिकलाई आधा लाख रिन पुग्यो देश आर्थिक संकटमा पुग्यो।तर हिंजोका सर्वहाराका कथा सुनाउँनेहरू बाट जनतामा आज के संदेश गएकोछ भने जसरी भयपनि धन कमाउनु पर्छ र सत्तामा पुग्नुपर्छ।यही लोभले दुषित भयको समाजमा अहिले जुनसुकैले जिते पनी कुनै अर्थ लाग्दैन र क्रान्तिकारी गफले आम जनता अघाई सकेको अनुभुती हुन्छ।
पहिले हामिले आमूलपरिवर्तन गरेर गरिबको सत्ता लागी राजनीति गरेका थ्यौं तर अहिले यसो हेर्दा ब्याक्तिलाई जिताउन राजनीति गर्न थालेको आभाष हुन्छ।
एउटा पत्रकारलाई पनि स्वतन्त्र भेट्न सकिदैन,लेखक निश्पक्षिय भेट्न सकिदैन बुद्धिजिवीहरू बुद्धिहिन हुनपुगे किनकी प्रत्येक पार्टीका आफ्नै बुद्धिजिवी आफ्नै पत्रकार र आफ्नै किसान, आफ्नै मजदुर संगठन यसरी आम जनताले कसको दामन थाम्ने यो अहिलेको मुख्य सामाजिक सङ्कट बनेकोछ।मामूली लोभमा अहिले समाज टुक्रा टुक्रा भएको देखिन्छ।राजनीति शक्तिहरूको कुनै नीति छैन राष्ट्रियता जनतन्त्र र जनजिविकाको लागी कुनै बिस्वासिलो बिजन छैन मात्र सत्ता र भत्ता,पद र प्रतिष्ठाको लागी तानातानी छ।अहिले सबैभन्दा बडी कम्युनिष्ट पार्टीको लोगोको आडमा जनताहरूलाई भ्रमित गर्न सफल भएको अबस्थाछ।यसैले गर्दा बर्गिय आन्दोलन धरापमा पैर्दै गएकोछ।

चर्चामा

सम्बन्धित समाचार