बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • समाचार
  • चितवनमा नारायणीको बाढीले बगाएर गैंडाको मृत्यु

चितवनमा नारायणीको बाढीले बगाएर गैंडाको मृत्यु

  • बिहिबार, साउन २६, २०७९
चितवनमा नारायणीको बाढीले बगाएर गैंडाको मृत्यु

चितवन — नारायणी नदीले बगाएर २५ वर्षको भाले गैंडाको मृत्यु भएको छ ।

गत साउन १२ गते बाढीले बगाएर ल्याएको गैंडा मृत अवस्थामा गण्डक ब्यारेजमा भेटिएको निकुञ्ज स्रोतले जनाएको छ ।

भारततर्फ पर्ने गण्डक ब्यारेजको ढोका नजिक मृत फेला परेको गैंडालाई चितवन राष्ट्रिय निकुञ्ज तथा भारतको बाल्मिकी टाइगर रिर्जभको प्राविधिक टोलीले पोष्टमार्टम गरी भारतमा नै गाडिएको छ ।

मृत गैंडाको खाग र खुर भने सुरक्षित छन् । गैंडा मरेको विषयमा निकुञ्जले सार्वजनिक जानकारी भने गराएको छैन ।

चर्चामा

सम्बन्धित समाचार