शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • देश
  • सत्ता गठबन्धनको सिटबाँडफाँट कार्यदलको बैठक बस्दै

सत्ता गठबन्धनको सिटबाँडफाँट कार्यदलको बैठक बस्दै

  • बिहिबार, साउन २६, २०७९
सत्ता गठबन्धनको सिटबाँडफाँट कार्यदलको बैठक बस्दै

काठमाडौं —  सत्ता गठबन्धनले सिट बाँडफाँटका लागि बनाएको कार्यदलको दोस्रो बैठक आज बिहीबार बस्दैछ ।

मंसिर ४ गेत हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि गठबन्धका दलबीच सिट बाँडफाँटबारे छलफल गर्न दिउँसो २ बजे बैठक बस्न लागेको हो ।

निर्वाचनमा तालमेल गरेर जाने सहमति भए पनि गठबन्धन दलहरू बीच सिट बाँडफाँट हुन सकेको छैन । कार्यदलको यही साउयन २३ गते बसेको पहिलो बैठक औपचारिकतामै सीमित भएको थियो ।

आजको बैठकमा सिटबाँडफाँडको आधार र मापदण्ड तय गर्ने कार्यदलको तयारी छ । सोही मापदण्डका अनुसार दलहरूबीच सिठबाँडफाँड हुनेछ ।

चर्चामा

सम्बन्धित समाचार