मङ्लबार, चैत्र ६, २०८०
  • होमपेज
  • समाज
  • बडिमालिका र बुढिनन्दामा एकै साथ धामिर्क मेला सुरु

बडिमालिका र बुढिनन्दामा एकै साथ धामिर्क मेला सुरु

  • बिहिबार, साउन २६, २०७९
बडिमालिका र बुढिनन्दामा एकै साथ धामिर्क मेला सुरु

जंग रावल /बाजुरा– सुदुरपश्चिम प्रदेशको प्रसिद्ध धार्मिक तीर्थस्थल बडिमालिका र बुढिनन्दामा धार्मीक मेला सुरु भएको छ । आज बिहानै देखी धार्मिक पिठको रुपमा रहेका बडिमालिका बुढिनन्दामा मेला तथा पुजाआजा सुरु भएको हो ।

साउन शुक्ल चर्तुदशीको दिन लाग्ने मेला आज हरेक वर्ष झैँ यस वर्ष धार्मिक तिर्थस्थल बडिमालिका र बुढिनन्दा मन्दिरमा भक्तजनहरू पुगेर पुजा आजा गर्न लागेका पुजा ब्यस्थापन समितिले जनाएका छन । जनैपूणर्िमाको अघिल्लो दिन बडिमालिका मन्दिरमा बिषेश पुजा हुने भएकाले आज नै भक्तजनहरु बर्षे झरीको प्रर्बाह नगरी देवीको दर्शन गर्न लाइनमा लगिरहेका छन्।

भक्तजनहरु हिजो बिहानै देखि त्रिवेणी मा स्नान गरि बडिमालिका मन्दिर परिसर मा आईसकेका थिए । त्रिबेणीमा स्नान गरी बडिमालिका माता को दर्शन गर्नाले जीवनभर गरेको पापबाट मुक्ति पाउने, पितृहरु तर्नुको साथै आफूले चित्ताएको सबै कुराहरू पूरा हुने जनविश्वासका साथ बर्सेनि हजारौं भक्तजनहरु यहाँ आउने गर्छन ।

झरी होस् कि जाडो तिर्थालुहरू मौसमको पर्वाह गर्दैनन् । १४ हजार फिट उचाइमा बडिमालिकाको यात्रालाई दुष्कर मानिन्छ । तर, माथि पुगिसकेपछि यात्राका सबै कष्ट बिर्सने त्यहाँ पुग्नेहरू बताउँछन् ।

No description available.

No description available.

चर्चामा

सम्बन्धित समाचार