शनिबार, कार्तिक २४, २०८१
  • होमपेज
  • राजनीति
  • निर्वाचन प्रयोजनार्थ एमालेले आज दल दर्ता गर्ने

निर्वाचन प्रयोजनार्थ एमालेले आज दल दर्ता गर्ने

  • मङ्लबार, साउन २४, २०७९
निर्वाचन प्रयोजनार्थ एमालेले आज दल दर्ता गर्ने

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन प्रयोजनका लागि आज दल दर्ता गर्ने भएको छ । मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि एमालेले आज दिउँसो निर्वाचन आयोगमा दल दर्ता गर्ने भएको हो । पार्टीका उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, उपमहासचिव तथा निर्वाचन विभाग प्रमुख विष्णु रिमाललगायतका नेता कार्यकर्ता दिउँसो १२:३० बजे आयोग पुग्ने तयारी छ ।

निर्वाचन आयोगले आमनिर्वाचनका लागि लागि साउन २२ देखि ३१ गतेभित्र दल दर्ताका लागि आह्वान गरेको थियो । आयोगले असोज २३ गते उम्मेदवारको मनोनयन गर्दा गर्ने गरि निर्वाचन कार्यतालिका स्वीकृत गरिसकेको छ ।

चर्चामा

सम्बन्धित समाचार