बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • क्युबाको तेल भण्डारणमा चट्याङ पर्दा एक जनाको मृत्यु, १२० बढी घाइते, १७ अग्निनियन्त्रक बेपत्ता

क्युबाको तेल भण्डारणमा चट्याङ पर्दा एक जनाको मृत्यु, १२० बढी घाइते, १७ अग्निनियन्त्रक बेपत्ता

  • सोमवार, साउन २३, २०७९
क्युबाको तेल भण्डारणमा चट्याङ पर्दा एक जनाको मृत्यु, १२० बढी घाइते, १७ अग्निनियन्त्रक बेपत्ता

एजेन्सी — क्युबाको राजधानी हवानाबाट १०० किलोमिटर टाढा रहेको मतन्जस शहरमा रहेको एउटा तेल भण्डारमा शनिबार आगलागी हुँदा डिपोमा रहेका १२० भन्दा बढी घाइते भएका छन्। घटनास्थलबाट एक जनाको शव फेला परेको अधिकारीहरुले बताएका छन्।

आगो निभाउन प्रयोग भएका १७ अग्नि–नियन्त्रकहरु हराइरहेको रिपोर्ट आएको छ। चट्याङपछि लगत्तै ४ ठुलठुला विस्फोटको आवाज सुनिएको स्थानीयले बताएका छन्। एक अधिकारीका अनुसार पेट्रोल ट्याङ्कीमा चट्याङ लागेर आगलागी सुरु भएको थियो। खराब मौसम र तिव्र बगिरहेको हावाका कारण आगो छेउका अन्य ट्याङ्कीमा फैलिन पुग्यो। दुर्घटनाको खबर पाएलगत्तै प्रहरी र दमकलको टोली आगो निभाउन खटिएको थियो।

क्युबाली मिडियामा आएको खबर अनुसार पहिलो आगो लागेको ट्याङ्कीमा २६ हजार घनमिटर कच्चा तेल थियो। दोस्रो ट्यांकीमा ५६ हजार घनमिटर इन्धन थियो। दुर्घटनामा परी घाइते भएका १२० भन्दा बढी व्यक्तिमध्ये पाँच जनाको अवस्था चिन्ताजनक रहेको अधिकारीले बताए। मिडिया रिपोर्ट अनुसार आगलागी यति भयावह बनेको थियो कि आसपासका क्षेत्रबाट करिब १९०० मानिसलाई सुरक्षित स्थानमा सारिएको थियो।

ठूलो आगजनी नियन्त्रणमा लिनको लागि क्युवाली सरकारले छिमेकी राष्ट्रहरूसँग सहयोग मागेको छ। मेक्सिको र भेनेजुएलाले आफ्ना अग्निनियन्त्रक टोलीहरू क्युबा पठाएको छ। अमेरिकाले पनि प्राविधिक सल्लाह दिएको छ।
क्युवाका राष्ट्रपति मिगुएल डियाज क्यानालले सहयोगका लागि मेक्सिको, भेनेजुएला र अमेरिकी सरकारलाई धन्यवाद दिएका छन्।

क्युबा पछिल्लो समय गम्भिर इन्धन संकटसँग जुधिरहेको छ। दैनिक लामो लोडसेडिङ नियमितको दैनिकी भईसकेको छ। केही स्थानमा १२ घण्टासम्म बिजुली जाने गरेको छ। यस्तो अवस्थामा तेल डिपोमा लागेको आगजनीले स्थिति थप बिगार्न सक्छ।

चर्चामा

सम्बन्धित समाचार