बिहिबार, मंसिर ६, २०८१
  • होमपेज
  • देश
  • सुदूरपश्चिमका ३ लाख ४६ हजार जनसंख्या देश वाहिर

सुदूरपश्चिमका ३ लाख ४६ हजार जनसंख्या देश वाहिर

  • आइतवार, साउन २२, २०७९
सुदूरपश्चिमका ३ लाख ४६ हजार जनसंख्या देश वाहिर

डोटी– राष्ट्रिय जनगणनाको प्रारम्भिक तथ्याङ्क अनुसार सुदूरपश्चिम प्रदेशमा तीन लाख ४६ हजार ८३६ जना देश वाहिर रहेका छन्। जनगणना हुँदा कामको सिलसिलामा वा अध्ययनको सिलसिलामा देश वाहिर रहेका व्यक्तिहरुलाई अनुपस्थित जनसंख्यामा राख्ने गरिन्छ। २०७८ सालको जनगणना हुँदा सुदूरपश्चिम प्रदेशमा पुरुष २ लाख ५३ हजार १६९ र महिला ९३ हजार ६६७ देश वाहिर रहेका छन्।

प्रारम्भिक तथ्याङ्क अनुसार कैलालीमा सबैभन्दा बढी एक लाख १० हजार ६५१ जना अनुपस्थित रहेका छन्। जिल्लामा अनुपस्थित महिलाको संख्या ३२ हजार ११५ रहेको छ। यो संख्या जिल्लाको कुल जनसंख्याको १२ प्रतिशत हुन आउँछ। यस जिल्लाको कुल जनसंख्या नौ लाख ११ हजार १५५ रहेको जनगणनाको प्रारम्भिक तथ्याङ्कले देखाउँछ।

कञ्चनपुर जिल्लामा पुरुष ५० हजार ८६२ र महिला १५ हजार २१६ गरी ६६ हजार ७८ जना देश वाहिर रहेका छन्। यो संख्या जिल्लाको कुल जनसंख्या पाँच लाख १७ हजार ६४५ को ८ प्रतिशत हुन आउँछ।

अछाममा ३० हजार ७६१ पुरुष र १३ हजार ८०४ महिला गरी ४५ हजार ५६५ जना अनुपस्थित रहेका छन्। जिल्लाको कुल जनसंख्या दुई लाख २९ हजार ८१६ रहेको छ। यस अनुसार जिल्लाको अनुपस्थित जनसंख्या कुल जनसंख्याको १९.३९ प्रतिशत रहेको छ।

डोटी जिल्लाको कुल जनसंख्याको १४ प्रतिशत जनसंख्या देश वाहिर रहेका छन्। जिल्लामा दुई लाख पाँच हजार ६८३ जनसंख्या रहेकोमा २३ हजार ८६२ पुरुष र पाँच हजार २६३ महिला गरी २९ हजार १२५ अनुपस्थित रहेका छन्।

डडेल्धुरामा १२ हजार ४०० पुरुष र दुई हजार ९४९ महिला गरी १५ हजार ३४९ अनुपस्थित रहेका छन्। जिल्लामा एक लाख ३९ हजार ४२० कुल जनसंख्या रहेको छ । जिल्लाको कुल जनसंख्याको ११ प्रतिशत अनुपस्थित छ।

बैतडीमा १८ हजार २६९ पुरुष र चार हजार ५२० महिला गरी २२ हजार ७८९ जनसंख्या देश वाहिर रहेको छ। यो संख्या बैतडीको कुल जनसंख्या २ लाख ४४ हजार ४०० को ९ प्रतिशत रहेको छ। दार्चुलामा ६ हजार दुई सय २३ पुरुष र एक हजार १५५ गरी सात हजार ३७८ जनसंख्या अनुस्थित छ। यो संख्या जिल्लाको कुल जनसंख्या एक लाख ३५ हजार ५६ को ५।४६ प्रतिशत हुन आउँछ।

बझाङको कुल जनसंख्या एक लाख ८९ हजार ९७ मध्ये ३५ हजार ५५३ अर्थात् झण्डै १९ प्रतिशत जनसंख्या अनुस्थित रहेको प्रारम्भिक प्रतिवेदनले देखाउँछ। यस जिल्लामा पुरष २२ हजार २५० र महिला १३ हजार तीन सय तीन जना अनुस्थित रहेका छन्।

बाजुरामा १० हजार ६ पुरुष र पाँच हजार ३४२ महिला गरी १५ हजार ३४८ जना अनुपस्थित छन्। यो संख्या यस जिल्लाको कुल जनसंख्या एक लाख ३८ हजार ९९८ को ११ प्रतिशत हुन आउँछ।

चर्चामा

सम्बन्धित समाचार