बुधबार, मंसिर १९, २०८१
  • होमपेज
  • देश
  • डोको बोक्यो भन्दैमा सबै बेसा गर्न जांदैनन्।

डोको बोक्यो भन्दैमा सबै बेसा गर्न जांदैनन्।

  • आइतवार, साउन २२, २०७९
डोको बोक्यो भन्दैमा सबै बेसा गर्न जांदैनन्।

सुरेशकुमार पान्डे– दार्शनिकहरूको कथन छ “को कहां जान थाल्यो भन्ने अनुमान उस्ले चालेको पाइलाले बताउँने कुराहो उस्को भनाइले होइन।”अहिले यसैको छिनोफानो गर्न नसकेर दुःख पाएकाछौं।आखिर हाम्रो लडाई को सँग हुनुपर्छ?हाम्रो अन्तरबिरोध केहो?यसलाई कसरि समाधान गर्ने भन्नेबारे हाम्रो कार्यनीतिले प्रष्ट पार्छ।
मानिस भनेको संसारको सबै भन्दा चेतनसिल प्राणि मध्यको हो त्यसमा विवेकसिल सहनसिल र चेतशशिल भएरनै मानवता गुणकारी हुन्छ।तर आज मान्छे आफैले त्यो सबै बिस्तारै छाडेर स्वार्थि बनेकोछ।
अहिले सन १८४८मा कम्युनिष्ट घोषणा पत्र मानिसको हातमा आएपछि मानिसहरूले बर्गिय गोरेटो पाएका हुन।त्यो भन्दा पहिले त्यो गोरेटाको लागि तमाम दार्शनिकहरूले सयौं बर्ष शंघर्ष नगरेका होइनन्।
हामि त्यही गोरेटामा हिंड्ने प्रयात्न गर्दैछौं।जो कि धेरै अपठ्यारो छ किनभने हामिले आफु हिंडी रहेको बुजुर्वा बाटोलाई छाडेर त्यो गोरेटो अप्नाउने प्रयात्न गरेकाछौं त्यसैले गर्दा आफु हिंडि रहेको बाटोलाई छाडेर नौलो बाटो अप्नाउँदा अलि असजिलो हुनु स्वाभाबिक पनिहो।
का.माओले भनेको जस्तै हाम्रो देशमा हाम्रो समाजमा कम्युनिष्टको समाजवादी क्रान्ति हुन धेरै अपठ्यारो हुन्छ त्यसकारण हामिले नौलो जनवादी बाटो अप्नाएर समाजवाद तर्फ जानुपर्छ।नयां जनवाद भनेको अहिलेको जनवादको उल्टो ब्यबस्थाहो”त्यो ब्यबस्थामा काम गर्नेहरूको काम नगर्नेमाथि अधिनायकत्व हुन्छ र सर्वहारा बर्गको नेतृत्व हुन्छ।अहिले पुंजिपती बर्गको अधिनायकत्व र नेतृत्वछ।”अहिले पुंजिप्रधान समाजछ यो समाजमा पुंजिको बिरोध गर्नपनि पुंजि चाहिन्छ बांचनको लागी सिटामोल र मर्नको लागि खाने बिष पनि बिना पैसा आउँदैनन्।
पुंजिवादी ब्यबस्थानै आफैमा भ्रष्ट ब्यबस्थाहो आज बिना धन केही कसैको काम सफल हुंदैन।यसैले गर्दा हामि कम्युनिष्ट न बनिनहुँने अबस्था सिर्जना त भयो तर कम्युनिष्ट बन्नु भनेको त्यति सजिलो पनि छैन।एका तिर सुख सुबिधा आर्को तिर कष्ट र अभाबको जिवन,एकातिर ऐयासी अराजक अनुसासन बिहिन आर्को तिर त्याग बलिदान र कडा अनुसाशन यसो भयपछि यस्को प्रभाव हामि कम्युनिष्ट बन्न खोजेका वा लामू समय देखुन बिभिन्न संगठनमा शंघर्ष गर्दै आएका कम्युनिष्टहरू माथिपनी परेको हुन्छ।
आर्को तिर हामिले अप्नाउँदै आएको धर्म परमपरा “जस्लाई मार्क्सले अफिमको नसा सरह हाम्रो दिलोदिमाखमा घर जमाएको बताएकाछन।”त्यसले हामिलाई भौतिकवादी बन्न रोकेको हुन्छ।हाम्रो चाहाना देशमा परिवर्तन होस् देशको बिकास होस्,सबैले लगाउन र खान पाउनुपर्छ र कुनैपनि असाय र गरिब नरहोस् समाजमा शान्ति सु ब्यबस्था कायम होस् र भ्रष्टचार नहोस् भन्ने त छ तर मौका मिल्यो भने हामि आफैलेपनि धन कमाउँन पाए हुन्थ्यो भन्नेपनि छ।यानि कि हाम्रो भित्र अहिलेपनि कम्युनिष्ट बन्ने गुण शक्तिशाली रूपमा पैदा भएकोछैन।त्यसो भयपछि के भयो त हामि त कम्युनिष्ट बाध्यताले होइन रहरले पो बन्न खोजेका छौं भन्ने कुरा पुष्टी हुन्छ।
यसरी आफु सुखभोगी भएर बनेको कम्युनिष्टको अबस्था अहिले हाम्रो देशमा देखिन्छ जसलाई मौका परस्त अबसरवादी वा संसोधनवादी शक्तिको रूपमा कम्युनिष्टको लोगोंलाई अप्नाएर बिकास गर्न हामि आफैले मद्त गरेकाछौं।एचटाले कम्युनिष्टको झोला पेसाको लागी छोप्यो भने त्यो कम्युनिष्टको अबस्था कस्तो होला?प्रष्टनैछ।
कुनैपनि क्रान्तिकारी कम्युनिष्ट बन्न फेसबुकमा गफ गरेको जस्तो सजिलो छैन,त्यसको लागी हामिले आत्मा त्याग गर्नुपर्छ।एउटा सुर्ति खानेले सुर्ति खान छाड्नुस भनेर पार्टीले सुझाव दिएपछि पनि उस्ले छाड्न सक्दैन बरू पार्टी छाड्न तैयार हुन्छ सुर्ति छाड्न सक्दैन उसले पनि आफुलाई क्रान्तिकारी कम्युनिष्ट भन्छ।”मैले माथि सुर्तिको उधारण मात्र दिएकोहो कुनै साथिलाई रिस न उठोस”त्यस्ता कयौं हाम्रा लतहरू छन जो स्वायम आफ्नो सरिरको लागि पनि घातक हुन तर तिनलाई हामिले छाड्न कठिन हुनेगर्छ।यस्तै प्रकारले यो धनको लोभले हाम्रो मष्तिकमा घर जमाएकोछ।
एउटा क्रान्तिकारीको लागि देश र जनताको हित आफ्नो हित भन्दा माथि हुनुपर्ने हो तर अहिले त्यसो छैन यद्यापि हामिले जुन ब्यबस्थालाई न्युनतम बताएर आन्दोलन गर्दैछौं नौलो जनवादी ब्यबस्था त्यो पनि मुलत पुंजिवादीनैहो।
यसरि अहिले पनि हामिले पुँजिवादी ब्यबस्थाकै लागि शंघर्ष गरेकाछौं भनेर भन्न सकिन्छ।
संगठनमा नियम बनाउने वेला वाद बिवाद हुन्छ कसैको चित्त बुझ्दैन तर पार्टीले बहुमतिय प्रणालिबाट बिधान तैयार पारेको हुन्छ।यदि सहमति हुन सकिन भने बहुमतिय प्रणालिनै लागु हुन्छ अब त्यो बिधिलाई नै लत्यायर आ आफ्नो डोको बोकेर हिंड्न थालेपछि कम्युनिष्टको के अर्थ रह्यो।अहिले साथिहरूले बिशेष महा अधिवेसनको तैयारी गर्दै हुनुहुन्छ निश्चित रूपमा राजमोले वा नेकपा मसालले भन्दा राम्रो र क्रान्तिकारी नीति पारित गरेर त्यसलाई ब्यब आरमा उतार्नु भयो भने त्यो स्वागत योग्य बिषय हुनेछ।बनिबनाई घरमा आगो लगाउन जति सजिलो घर बनाएर त्यसको रक्षा गर्न हुँदैन।त्यसको लागि धेरै मिहेनत गर्नु पर्नेछ मलाई लाग्छ त्यँहा धेरै जुझारू र पुराना साथिहरू पनि हुनुहुन्छ जसलाई हामिले पनि आदर गर्दछौं।उनिहरू जंहा गयता पनि उनिहरू ले संगठनलाई दिएको योगदान हाम्रो बिचमा ईतिहाश बनेर बस्नेछ।
अहिले पनि उनिहरूको र हाम्रो एउटै बर्गहो र त्यो मित्र बर्गहो कहिं न कहिं हाम्रो मिलन केन्द्र नहोला भन्न सिकिदैन।उंहा हरू सँग यत्ति भन्न चाहान्छु सैधान्तिक र अनुसाशित लडाई लड्नुहोस् गालिगलौचलाई छाडेर सक्नु हुन्छ भने पार्टीको पत्रिका हांकलाई इमानदारीका साथ नेकपा मसाललाई दिनुभयो भने हाम्रो बिचको मायाँ अंझै प्रघाढ हुनेछ।एउटा बुजूर्वा राजनीतिक आन्दोलनमा पनि इमानदारिताको ठुलो महत्य हुन्छ।हामिले त कम्युनिष्ट बन्ने प्रयात्न गर्दैछौं कम्युनिष्टको ‘लोगो’लाई आफ्नो छत र छांया बनाएकाछौं हामिमै इमानदारिता सिद्धियो भने कम्युनिष्ट कसोगरी जन्मिएला देशभित्र ?मैले भन्न खोजेको कुरा बुझेकाले मात्रै मेरो लेखमा कमेट गर्नुहोला।
हामिले सम्बिधान सभाकोलागी दरभङ्गा प्लेनम बाट लगातार लड्दै आएकाछौं यस्को अर्थ केहो भने कम्तिमा बुजुर्वा भयपनि देश र जनताको हितमा देशको सम्बिधान बनोस् र हामिले यही सम्बिधानमा टेकेर नौलो जनवादी ब्यबस्थाको लागि आधार तैयार पार्न सकौंला तर त्यो सम्बिधान जस्लाई हासिल गर्न हामिले यति लामुसमय बाट शंघर्ष गरेर थुप्रै जनताहरूले आफ्नो प्राणको बलि चढाएर ल्यायको समेत खतरामा परेको वेला त्यसको रक्षा गर्ने जिम्मा पनि हाम्रै कांदमा आएकोछ।
त्यो अहिलेको हाम्रो समस्या मात्रै होइन देशको समस्यपनि हो र हामिले त्यसको लागी दुश्मन शक्ति सँगपनि शंघर्ष एकता र शंघर्ष को निति आप्नाएर अगाडी बढ्ने जमर्को गरेकाछौं।त्यस बारेमा थप अध्यायन गरेर सके सम्यम साथिहरूले बुझ्ने प्रयात्न गरेको राम्रो हुनेछ।
मात्र कसैले डोको बोकेको देखेर त्यसमा के ल्याउने भनेर दाबि गर्न कठिन हुन्छ।त्यो कहां पुग्नेहो भन्ने कुराको केही थोरै भयपनि अड्कल काड्न उस्ले चालेका पाइला र अप्नाएको बाटोले पनि सकिन्छ।

चर्चामा

सम्बन्धित समाचार