• होमपेज
  • समाचार
  • महिलालाई बलात्कार गरेको आरोपमा १८ वर्षीय किशोर पक्राउ

महिलालाई बलात्कार गरेको आरोपमा १८ वर्षीय किशोर पक्राउ

  • आइतवार, साउन २२, २०७९
महिलालाई बलात्कार गरेको आरोपमा १८ वर्षीय किशोर पक्राउ

गुल्मीको मालिका गाउँपालिकामा ४० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले १८ वर्षका किशोरलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मालिका गाउँपालिका–७ सिलादी बस्ने १८ वर्षीय किशोर छन् । आरोपीलाई शनिवार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । मालिका गाउँपालिका–६ राहले कुमाल पंधेराको जंगलमा शुक्रबार साँझ किशोरले जबरजस्ती करणी गरेको आरोप छ ।

बलात्कार भएको सूचना पाएपछि मर्भुङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार