बुधबार, बैशाख ५, २०८१
  • होमपेज
  • समाज
  • बडिमालिका दर्शन गर्न सरकारी टोली सोमबार प्रस्थान गर्ने

बडिमालिका दर्शन गर्न सरकारी टोली सोमबार प्रस्थान गर्ने

  • आइतवार, साउन २२, २०७९
बडिमालिका दर्शन गर्न सरकारी टोली सोमबार प्रस्थान गर्ने
फाइल तस्विर

बाजुरा — बाजुराको धार्मीक आस्थाको धरोहर बडिमालिका पुजामा जाने सरकारी टोली सोमबार प्रस्थान गर्ने भएको छ । बडिमालिका जान सदरमुकाम मार्तडी देखी सोमबार बिहान प्रस्थान गर्ने जनाएको छ । बढीमालिका र बुढिनन्नदा माईको दर्शनका लागी तीर्थ यात्रा २३ गते देखी सुरु हुने भएको छ । चार दिन सम्म निरन्तर पैदल हिडेपछी चतुरदर्शीका दिन बडिमालिका र बुढिनन्दा मन्दिरमा बिशेस पुजाआजा सहितको मेला लाग्ने गर्दछ ।
बाजुरा जिल्लाका बिभिन्न धार्मीक तथा पर्यटकिय क्षेत्रमा दर्शन गर्न यतीबेला लावा लस्कर लागेको छ । बाजुरा जिल्लाका महत्वपुणर् धार्मिक स्थल बडिमालिका र बुढिनन्दा जाने भक्तजनहरु आजै देखी जान सुरु गरेका छन ।
यस बर्ष बडिमालिका नगरपालिकाद्धारा बडिमालिका यात्रा बर्ष २०७९ को रुपमा योजना बनाएर तयारी गरेको बडिमालिका नगरपालिकाका प्रबक्ता धर्मराज पाध्यायले बताएका छन । बडिमालिका यात्रा बर्ष योजनाका साथै । बाटोमा बस्नका लागि त्रिपालहरुको ब्यस्था अस्थायी चर्पीको ब्यबस्थापन गर्न नगरपालिकाले एक हप्ता अगाडीबाट कार्य थालिसकेको प्रबक्ता पाध्याले बताएका छन ।
बाजुराका धार्मीक धरोहरका रुपमा रहेका बडिमालिका र बुढिनन्दा धार्मीक पिठमा साउन पुणर्िमाको अघिल्लो दिन पुजाआजा हुने गर्दछ । सो मेला भर्न जाने श्रदालु भक्तजन त्यस ठाउँतिर केही दिन अघि देखी नै जान सुरु भएका भए पनि बडिमालिका जाने सरकारी टोली भने सोमबार बिहान जाने बडिमालिका नगरपालिकाले जनाएको छ ।
यस बर्ष साउन २६ गते बडिमालिका र बुढिनन्दामा पुजा लाग्ने भएको छ । पुजा गर्नुका साथै त्यहा घुम्न जाने तिर्थालु भक्तजनहरु केही दिन पहिले देखी नै प्रस्थान गरिसकेको बडिमालिका पुजा ब्यस्थापन समितिले जनाएको छ ।
अघिल्लो २ बर्षहरुमा कोरोना महामारीका कारण धेरैले पुजा भर्न पाएका थिएन । यो बर्ष धेरै संख्यामा श्रद्धालु भक्तजनहरुको बडिमालिका र बुढिनन्दामा जानेको संख्या बढ्न सक्ने अुनमान गरिएको छ ।
पुजा तथा दर्शन गर्नका लागी देश भर बाट उल्लेखनिय रुपमा बडिमालीमा पुग्ने गर्दछन् । स्वदेशी मात्र नभएर विदेश भक्तजनहरु समेत बडिमालीका पुग्ने गर्दछन् । बाजुरा जिल्लाका बिभिन्न धार्मीक तथा पर्यटकिय क्षेत्रमा दर्शन गर्न यतीबेला लावा लस्कर लागेको छ ।
धार्मीक पिठमा साउन पुणर्िमाको अघिल्लो दिन एकै दिन पुजाआजा हुने भएकोले श्रदालुभक्तजन त्यस ठाउतिर ३ दिन अघि देखी प्रश्थान गर्ने भए पनि त्यहाँ घुम्न जाने उदेस्यले यो बर्ष एक हप्ता अगाडी देखी जान सुरु गरेका छन ।
धार्मिक तथा जिल्लामा प्राकृतिक सौन्दर्य र धार्मिक महत्व बोकेका बुढिनन्दा, कैलाश ताल, राक्षस ताल, त्रिबेणि, कालाजग्रा गुफा ताल, दउने ताल लगाएतका तालहरु प्राकृतीक सौन्दरताले हराभरा मुख्य पर्यटकका आर्कषक हुन । बाजुराको बुढिनन्दामा धार्मीक आस्था संगै सुन्दरताले भरीपुणर् रही आएको छ । बुढिनन्दा थपनको संगै चट्टानै चट्टानको बिचमा ठुलो ताल छ यस वरीपरी साना ठुला गरी अरु ९ ओटा तालहरु पनी छन ।
मुख्य तालको उचाइ ४ हजार ५सय ८१ मिटर उचाइमा रहेको यो ताल तिलिचो पछी दोस्रो ताल हो । २६ हुने पुजामेलाका लागि अहिले जिल्ला र बाहिरबाट हजारौँको सँख्यामा तिर्थालुहरु सो स्थानतिर लागि सकेका छन । धार्मिक आस्थाको धरोहर मानिने बुढिनन्दा । बढीमालिका पुजाका लागि जिल्लाबाट पुजारी सहित सरकारी तथा अन्य सर्वसाधारण र छिमेकी जिल्लाहरु अछाम, बझाङ्ग, डोटी, हुम्ला, जुम्ला र कालिकोटबाट समेत जिल्ला प्रशासन कार्यालयको सरकारी पुजा टोली यसक्षेत्र तर्फ यस अघि नै प्रस्थान गरिसकेको छ । बडिमालिका बुढिनन्दामा दर्शन गर्नाले ब्रह्म हत्या, सुरापान, चोरी एक सुवणर्स्तेए जस्ता पापमा लिप्त मानिसहरु बढीमालिका मन्दिर पुजा र बुढीजनन्दा तालमा गएर नुहायो भने पवित्र हुने धार्मिक विश्वास रहि आएको छ । यस्तै साङ्ख्य योगको ज्ञान र अन्यापुणर् कार्यवाट सम्वभ नहुने यसठाउँबाट सम्भव भएको पौराणीक कथन छ ।

छिमेकी जिल्ला कालिकोट, मुगु, हुम्ला र जुम्ला काठमाण्डौं लगाएत देशका विभिन्न स्थानबाट समेत दर्जनौ तिर्थालु टोलीहरु मालिका मन्दिरमा पुजाआजा र रमणिय दृष्य अवलोकनका लागि बडिमालिमा पुग्ने गरेको पाईन्छ । यहा“ पुगेर पुजाआजा गरेपछि इच्छाएको वरदान प्राप्त हुने विश्वास रहि आएकाले दर्शन गर्न आउने भक्तजनहरुको संख्या वर्षेनि बडिरहेको पुजारीले बताउने गर्दछन ।
स्कन्दपुराणमा उल्लेख भए अनुसार दक्ष प्रजापतिको यज्ञमा महादेवकी अर्धाङ्गिनी सत्यदेवी होमिएर प्राण त्याग गरेपछि महादेवले सत्यदेवीको मृत शरिरलाई बोकेर पद यात्रा गर्दै जाने क्रममा मल्लागीरी पर्वतमा सत्यदेवीको बाया“ अङ्ग पतन भएको थियो । यसै स्थानमा मालिकादेवी उत्पत्ति भएकाले बडीमालिका एक प्रमुख शक्ति पीठको रुपमा स्थापित भएका छन । प्राकृतिक सुन्दरताका दृष्टिले समेत यी क्षेत्रकोे महत्वपुणर् मानिएको छ ।
यस क्षेत्रको अवलोकन गर्ने उद्धेश्यले समेत आन्तरीक पर्यटकहरु यसै बेला यस क्षेत्रमा पुग्ने गर्दछन् । बढीमालिकाको त्रिवेणी र खेतीवेती, बुढीनन्दाको चढिदह र बुढीनन्दा ताल मुख्य आर्कषक स्थलहरु हुन । हाल सम्मको अध्ययन भ्रमणबाट जानकारी भएअनुसार ‘१४ हजार फिट बढी उचाईमा रहेको यस भूमिमा पुगेपछि त्यहाँको प्राकृतिक रमणीयताले त्यहाँ पुग्दाको दुःख सबै त्यसै हराउने गरेको बुढापाकाको भनाई रहेको छ ।

तर यहाँ आवश्यक पुर्वाधारहरु निर्माणमा भने ध्यान नदिइएको स्थानियको भनाई रहेको छ । त्यति अग्लो ठाउँमा रहेको यस क्षेत्रमा पुग्दा उकालोमा हिँड्दाको दुइ दिनका थकाइ एकै क्षण हराए जाने गरेको यस अघि सो क्षेत्रमा पुगीसकेका तिर्थालुहरु बताउँछन । दर्जनौ समथर हरिया फाँटहरु, अनि त्येसमाथी फुलेका सत्तरङ्गी फुलहरुका साथै यस क्षेत्रमा सेताम्मे भेडाका बथानहरु, डाँफे, कस्तुरी, चराचुरुगंी र मुनाल, ले सवैको मन प्रभुल्ल हुने गर्दछन ।
बडिमालिका मन्दिमा पुजा गर्न जानेहरुले हरेक बर्ष सुन चादी र अगन्य मात्रामा भेटी चढाउने गरेका भए पनि त्यसको हिसाव किताव भने कतैबाट सार्बजनिक नहुने गरेको पाईएको छ । हरेक बर्ष लाखौ रुपैया भेटी चढाएको र लाखौँको सुन चादीहरु त्यहाका पुजारीहरुले लुकाउने गरेको नागरिक अगुवाहरुले आलोचना समेत गरेका छन ।
बिभिन्न जिल्लाका सरकारी टोली संगै स्थानियले बडिमालिका माताको नाममा चढाएका गहना सुन चादी लगायतको सम्पतीको पारदर्शिता हुन जरुरी रहेको स्थनियको नागरिक अगुवाहरुको दावी रहेको छ । अहिले सम्म बडिमालिकाको सम्पती कती छ भन्ने कुराको कुनै ठाउँमा लेखा जोखा नभएको पाईएको छ ।

चर्चामा

सम्बन्धित समाचार