• होमपेज
  • समाचार
  • अटो र जिप ठोक्किँदा एक जनाको मृत्यु, तीन घाइते

अटो र जिप ठोक्किँदा एक जनाको मृत्यु, तीन घाइते

  • आइतवार, साउन २२, २०७९
अटो र जिप ठोक्किँदा एक जनाको मृत्यु, तीन घाइते

पाल्पा — पाल्पामा अटो र जिप ठोक्किँदा एक जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार पाल्पाको रामपुर नगरपालिका बेझाड बजारबाट विजयपुरतर्फ जाँदै गरेको लु १ ह ४१३८ नम्बरको अटो र तानसेनबाट रामपुर बेझाड जाँदै गरेको लु १ ज ४१३३ नम्बरको जिप सानी अमराईमा ठोक्किएका हुन्।

दुर्घटनामा निस्दी गाउँपालिका–२ का ४५ वर्षीय चोपबहादुर ढेंगाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। त्यस्तै, दुर्घटनामा रामपुर नगरपालिका–३, का ३९ वर्षीय सुरेन्द्र थापा क्षेत्री, उनकै छोरी १० वर्षीया अञ्जली थापा क्षेत्री र १२ वर्षीया पुष्पा थापा क्षेत्री घाइते भएका र उनीहरूको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको प्रहरीले बताएको छ। जिप र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार