• होमपेज
  • अन्तर्राष्ट्रिय
  • भारतको नयाँ उपराष्ट्रपति बने जगदीप धनखर

भारतको नयाँ उपराष्ट्रपति बने जगदीप धनखर

  • आइतवार, साउन २२, २०७९
भारतको नयाँ उपराष्ट्रपति बने जगदीप धनखर

एजेन्सी — पश्चिम बंगालका पूर्व गभर्नर जगदीप धनखर शनिबार भारतको नयाँ उपराष्ट्रपतिमा निर्वाचित भएका छन्।

उनले विपक्षी उम्मेदवार मार्गरेट अल्भाविरुद्ध १८२ मतका विरूद्ध ५२८ मत प्राप्त गरेका छन्। १६ औं उपराष्ट्रपति निर्वाचनका लागि अध्यक्षता गरेका लोकसभाका महासचिव उत्तमकुमार सिंहले मतदानका लागि योग्य ७८० सांसदमध्ये ७२५ सांसदले मतदान गरेको बताए। पन्ध्र मत अमान्य र ७१० मत मान्य भएको उनले बताए।

नयाँ उपराष्ट्रपतिको निर्वाचनको मतदान शनिबार बिहान १० बजे सुरु भई ५ बजे समापन भएको थियो। बंगालको पूर्व गभर्नरसमेत बनिसकेका धनखरलाई सत्तारूढ दल भारतीय जनता पार्टीको गठबन्धनले अघि सारेको थियो। यसअघि सत्तारुढ गठबन्धनको तर्फबाट द्रौपदी मुर्मु राष्ट्रपतिमा निर्वाचित भएकी थिइन्। उनी भारतकी दोस्रो महिला तथा पहिलो आदिवासी समुदायबाट राष्ट्रपति बनेकी थिइन्।

चर्चामा

सम्बन्धित समाचार