भारत — भारतमा मङ्किपक्स भाइरसका कारण सङ्क्रमित हुनेको सङ्ख्या ९ पुगेको छ। भारतको राजधानी दिल्लीमा एकजना विदेशी महिलामा मङ्किपक्स भाइरसको सङ्क्रमण पुष्टि भएको हो।
योसँगै दिल्लीमा मङ्किपक्सका ४ जना बिरामी पुगेका छन् भने अन्य ५ जना केरला राज्यका छन्। भारतमा हालसम्म ९ जनामा मङ्किपक्स भाइरसको सङ्क्रमण पुष्टि भएको छ भने एकजनाको मृत्यु भएको छ।