• होमपेज
  • प्रदेश ७
  • डडेल्धुरामा २२ मतदानस्थल थप गर्न सिफारिस

डडेल्धुरामा २२ मतदानस्थल थप गर्न सिफारिस

  • शनिबार, साउन २१, २०७९
डडेल्धुरामा २२ मतदानस्थल थप गर्न सिफारिस

डडेल्धुरा– सरकारले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन ४ मंसिरमा गर्ने घोषणा गरेसँगै डडेल्धुरामा पनि चुनावको तयारी सुरु भएको छ।

आगामी निर्वाचनका लागि जिल्लामा २२ मतदानस्थल थप गर्न सिफारिस गरिएको छ। डडेल्धुराका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीको अध्यक्षतामा बसेको जिल्ला मतदानस्थल केन्द्र पुनरावलोकन सिफारिस समितिको बैठकले मतदानस्थल थप गर्न सिफारिस गरेको हो। अहिले जिल्लामा स्थानीय तह निर्वाचनका लागि ८० मतदानस्थल र १ सय २६ मतदान केन्द्र थिए। निर्वाचनको मिति घोषणा भएसंगै शुक्रबारदेखि भने मतदाता नामावली संकलन स्थगित हुने भएको छ।

चर्चामा

सम्बन्धित समाचार