शुक्रबार, पुस १२, २०८१
  • होमपेज
  • समाचार
  • मन्त्रिपरिषद बैठकले गर्‍यो सचिवहरुको सरुवा

मन्त्रिपरिषद बैठकले गर्‍यो सचिवहरुको सरुवा

  • बिहिबार, साउन १९, २०७९
मन्त्रिपरिषद बैठकले गर्‍यो सचिवहरुको सरुवा

काठमाडौं — सरकारले सचिवहरुको सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले सचिवहरु सरुवा गरेको हो । एक मन्त्रीका अनुसार अर्थ मन्त्रालयका सचिव मधु मरासिनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा, उद्योग, वाणिज्य तथा आपूर्ति मनलयका सचिव अर्जुन पोखरेल पनि प्रधानमन्त्री कार्यालयमा सरुवा भएका छन् ।

त्यस्तै बिहीबार नै सचिवमा बढुवा भएका दीपक काफ्ले लुम्बिनी प्रदेशको प्रमुख सचिवमा पदस्थापन गरिएका छन् । त्यहाँ रहेका डिल्ली शर्मा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सरुवा भएका छन् ।

महिला बालबालिका मन्त्रालयका सचिव हरिप्रसाद मैनाली युवा तथा खेलकुद मन्त्रालयमा र राष्ट्रपति कार्यालयका सचिव तोयनारायण ज्ञवाली उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा भएका छन् ।

चर्चामा

सम्बन्धित समाचार