• होमपेज
  • समाचार
  • चिनियाँ अपहरण प्रकरण : न्यायाधीशका पीएसओ र घुमुवा पक्राउ

चिनियाँ अपहरण प्रकरण : न्यायाधीशका पीएसओ र घुमुवा पक्राउ

  • बिहिबार, साउन १९, २०७९
चिनियाँ अपहरण प्रकरण : न्यायाधीशका पीएसओ र घुमुवा पक्राउ

काठमाडौं — चिनियाँ नागरिकलाई अपहरण गरेर एक करोड रुपैयाँ फिरौती माग्ने समूहमा नेपाल प्रहरीका दुई अधिकारी पनि संलग्न रहेको पाइएको छ ।

चिनियाँ नागरिकलाई अपहरण गरी नयाँ बसपार्कमा बन्धक बनाएको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकामध्ये दुई जना प्रहरी पनि छन् ।

उच्च अदालतका एक न्यायाधीशका पीएसओ रहेका हवल्दार ३७ वर्षका कर्ण गुरुङ र प्रहरी वृत्त बालाजुका घुमुवा २८ वर्षका शिव सुनुवार पक्राउ परेका हुन् ।

पक्राउ पर्ने अन्यमा वर्ष २८ का लक्ष्मण गुरुङ, वर्ष २९ का रोहित मगर, वर्ष २८ का विशाल मगर र वर्ष २७ का विनोद केसी रहेका प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार