काठमाडौं — सरकारले संघ र प्रदेशको निर्वाचन एकै चरणमा घोषणा गरेसँगै म्यादी प्रहरीको भर्ना खुलाउने तयारी गरेको छ।
प्रहरी प्रवक्ता टेकप्रसाद राईले म्यादी प्रहरी भर्नाका लागि प्रकृया अघि बढाइने बताए ।
उनले अन्नपूर्णसँग भने,’ केन्द्रिकृत सुरक्षा योजना बनाएर अघि बढ्छौं । झण्डै १ लाखको हाराहारीमा म्यादी प्रहरी भर्ना खुल्ने सम्भावनाम छ । चुनावको थ्रेटको मुल्याकंन गरेर अघि बढ्छौं ।
यसअघि स्थानीय तहको चुनावमा १ लाख १९ हजार म्यादी प्रहरी भर्ना भएका थिए।
संघ र प्रदेशको निर्वाचन आगामी ४ मंसिरमा हुने भएको छ।