शुक्रबार, पुस २६, २०८१
  • होमपेज
  • बडिमालिका
  • साफेँ मार्तडी सडकको द्धारीमा बैकल्पीक सडकको काम एक हप्ता भित्र सुरु हुने

साफेँ मार्तडी सडकको द्धारीमा बैकल्पीक सडकको काम एक हप्ता भित्र सुरु हुने

  • बुधबार, साउन १८, २०७९
साफेँ मार्तडी सडकको द्धारीमा बैकल्पीक सडकको काम एक हप्ता भित्र सुरु हुने

बाजुरा– बुढीगंगा नगरपालिकाका १ अमकोट द्धारी क्षेत्रकोे बैकल्पी सडक खोल्ने काम यसै हप्ताबाट सुरु हुने भएको छ । मंगलबार बुढीगंगा नगरपालिका २ कन्सन बाजुरामा बसेको सर्बपक्षिय बैठकलले एक हप्ता भित्र बैकल्पीक सडकको काम सुरु गरिसक्ने निर्णय गरेको बुढीगंगा नगरपालिकाका नगर प्रमुख रामबहादुर बानियाँले बताए ।
सर्बपक्षिय बैठकमा जनप्रतिनिधि, सडक बिभागका प्रतिनिधि सहरी बिकासका प्रतिनिधि राजनैतिक दलका प्रतिनिधि पत्रकार र स्थानियको सहभागितामा निर्णय भएको नगर प्रमुख बानियाँले बताए ।

बिगत ४ बर्ष देखि बर्षातको समयमा ३, ४ महिना बन्द हुदै आएको बल्दे, अमकोट देखि द्धारीसम्मको सडक बन्द हुदै आएको छ । बिगतको बर्षहरुमा सो क्षेत्रको बैकल्पीक बाटो खोल्न धेरै पहल नभए भएपनि असार २३ गते बुढीगंगा नगरपालिकामा आएको नवनिर्बाचित जनप्रतिनिधि आएपछि जिल्लालाई नै निकास दिने गरि काम सुरु गरिएको नागरिक समाजका अगुवाहरुकाे भनाइ रहेकाे छ ।

साउन १५ गते बैकल्पीक बाटो खोल्न पहलका लागि बुढीगंगा नगरपालिकाका नगर प्रमुख रामबहादुर बानिया उपप्रमुख माया कुवर प्राबिधिक टोली सहित वडा नम्बर १ अम्कोट पुगेर स्थानियले सडक खोल्न सहमति दिएपछि सर्बपक्षिय बैठकले सडक खोल्ने सुरु गरिएको हो ।
छलफल पछि वडा नम्वर २ को कन्सन बाजुराको मूनीलाई जिरो प्वाईन्ट मानेर अमकोट गाउ हुदै बडिमालिका र बुढीगंगाको सिमाना हरडे आसपास जोड्ने गरि सहमति भएर काम सुरु गरिने बुढीगंगा नगरपालिकाकी उपप्रमुख माया खड्का कुवरले बताईन ।

बुढीगंगा नगरपालिका नगरप्रमुख रामबहादुर बानियाको अध्यक्षतामा बसेको सपक्षिय बैठकमा नगर उपप्रमुख माया खड्का कुवर अतिथि, नेकपा एमालेका नगर कमिटी अध्यक्ष नरेन्द्र थापा,वडा नम्वर १ का वडा अध्यक्ष रणबहादुर थापा,कार्यापालिका सदस्य, सडक डिभिजनका अनिल कुमार जैरवाल निमित्त प्रमुख प्रशासकीय अधिकृत्त नरेन्द्र नाथ पत्रकार लगाएत स्थानियको उपस्थििति रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार