सुरेशकुमार पान्डे — अहिलेको अबस्थामा विस्व कम्युनिष्ट आन्दोलन रक्षात्मक अबस्थामा छ यो कसै बाट लुकेको कुरा होइन त्यस्तै नेपालमा पनि कम्युनिष्ट आन्दोलनको बिउ भुट्टिदैं गएकोछ।झनपछि झन कम्युनिष्ट बिचार बाट ब्याक्ती समुह र पार्टी संगठनहरूको पतन हुंदै गएको देखिन्छ।वास्तबिक रूपमा हेर्ने हो र देशको गम्भिर रूपमा आंतरिक अबस्थाको मुल्यांकन गर्नेहो भने जनतामा कम्युनिष्ट बिचारधारामा अंझै ब्यापक आस्था भएपनि नेताहरूले कम्युनिष्ट बिचारलाई छाड्दै गएको अबस्था हामिले देख्छौं।बरू अब आउंने दिनहरूमा घोषित रूपमा कम्युनिष्ट छाडेर जनतालाई भ्रमित हुनबाट जोगाउने मध्यका ब्याक्तीहरू को को भए भनेर मुल्यांकन वा गणना गर्नुपर्ने देखिन्छ।देशमा कम्युनिष्टको ‘लोगों’ले आफुलाई सझाएर कम्युनिष्ट त्यागि सकेका ए माले,माओवादी केन्द्र लगायतका पार्टी प्रमुखछन।बरू समयमै डां बाबुराम भट्टराईले आफुले कम्युनिष्ट बिचार त्यागेको कुरालाई इमानदारीका साथ स्विकारेकाछन।नेपालको कम्युनिष्ट आन्दोलनमा केसरजङ रायमाझी पछि कम्युनिष्टलाई घोषित रूपमा छोड्ने डा.बाबुराम भट्टराई नै हुन।अरू कयौं कम्युनिष्ट बाट नैतिक रूपमा पतन भएपनि कम्युनिष्ट पार्टीको लोगों छाड्न सकेकाछैनन्।
अहिले बाबुराम भट्टराईले नयाँ समाजवादी पार्टी नेपाल गठन गर्ने हल्ला भने चलेकोछ।उन्ले गैर कम्युनिष्ट भएर पनि आफ्नो अस्तित्वको लडाई लडि रहेकाछन।
अहिले देशमा धेरैजसो आफुलाई कम्युनिष्ट भन्नेहरू प्रतिकृयावादी खेमामा पुगि सकेकाछन र मात्र त्यसको लागी औपचारिकता पुरा गर्न बांकीछ।
तर मैले यसरी लेख्दा कतिपयलाई भ्रम हुन सक्छ त्यसैले यो पनि नभनि नहुनेछ कम्युनिष्टको उज्वल भबिस्यछ त्यसका लागि नयां जर्नेसन तैयार पनि हुंदैछन तर जुन रूपमा कम्युनिष्ट बिचारको महत्व छ त्यो रूपमा कम्युनिष्टहरू तैयार हुन नसक्नु निरासजनक पनि हो।
अहिले जसरि कम्युनिष्ट बिचारको देशभित्र आबस्याकताछ त्यही अनुपातमा कम्युनिष्टहरूमा नैतिक पतन पनि हुदै आएको बिषय चिन्ताजनक हो।
कम्युनिष्ट भित्र गैर कम्युनिष्ट बिचार पलाउँनु भनेको अहिलेको परिवेसमा नौलो कुरा होइन।यो वेला पुंजिबादी ब्यबस्थामा एउटा सिटामोलको पनि ब्लैक हुनेगर्छ मानिसलाई बांच्नकालागी धन आधारभूत गराइएकोछ।
कम्युनिष्टहरूले आफुलाई धेरै दह्रो बनाउन सक्नुपर्छ आत्म त्याग गर्न सक्नुपर्छ त्यो सबै क्षामता सबैमा हुन सक्दैन त्यसैको परिणाम वेला वेलामा कम्युनिष्ट आन्दोलन बाट बिचलन हुने बैचारिक पतन हुने ब्यबहार लगातार चलिनै रहन्छ।एउटा ब्याक्ति कम्युनिष्ट बन्नको लागि लामू अथक र निरन्तर आफै सँग शंघर्ष गर्नु पर्ने हुन्छ त्यो हिम्मत सबैमा आउँन सक्दैन।परिस्थितिले कम्जोर पनि बनाउन सक्छ तर यो निरन्तर चल्दै जानेगर्छ।
सवाल स्वयम कम्युनिष्टले पनि कम्युनिष्टलाई चिन्न छुट्याउन कहिले काहिं भुल गरेका हुन्छन त्यो अबस्थामा जनताले कम्युनिष्टलाई कसोगरी छुट्याउँने यो अहिलेको जटिल्ता पनिहो।एकातिर स्वायम कम्युनिष्टहरूले पुंजिवादी सुख सुबिधा प्रयोग गर्दै आरूलाई सर्वहारा नैतिकताको पाठ सिकाउँने प्रयात्न गर्दछन त्यो स्वायम गैयर कम्युनिष्ट आचरणहो तर पनि जनताले उनिहरूको ब्यबहार भन्दा बिचारलाई महत्व दिएकाले उनिहरू जनताको माझमा ठाउ पाइराखेका हुन्छन।वा उनिहरू सत्ताको आडमा धनको बलमा जनतालाई आफुतिर खिच्न सफल भएका हुन्छन।
निश्चित रूपमा देशको लागि सही कम्युनिष्ट पार्टी जसले क्रान्तिकारी बाटो अबलम्वन गरेको जुझारू मालेमालाई पथप्रदर्शक सिधान्तको रूपमा लिन शक्षम हुन्छ त्यही राजनीतिक पार्टीको नेतृत्वमा नै देशको बिकास हुन सक्छ र जनताका जल्दा बल्दा समस्यहरूको समाधान पनि हुन सक्नेछ।
तर हाम्रो देशको भगौलीक अबस्था बिसिष्ट प्रकारको छ जसलाई अत्यान्तै गम्भिर रूपमा मुल्यांकन गरेर क्रान्तिको बिडा उठाउंनु पर्ने देखिन्छ।एउटा सानो र आर्थिक अबस्था कम्जोर भएको मुलुक,भुपरिवेष्ठित सम्रचना र अर्ध ओपनेबेसिक परिस्थितीले गर्दा देशलाई बिदेशीहरूले आकारमण गर्नसक्ने बाताबरण रहिरहन्छ।एकातिर प्रतिगामि शड्यन्त्र आर्को तिर बिदेशी हस्तक्षेपको खतराले गर्दा धेरै सोंचेर मात्र हामिले पाइला चाल्नुपर्ने देखिन्छ।त्यसको लागि सबैभन्दा पहिले क्रान्तिकारी पार्टीको आत्मगत अबस्था र क्रन्तिको लागि अन्तरराष्ट्रिए अबस्थाको तैयारी पहिलो सर्त हुन्छ।देशमा महंगिछ भ्रष्टचारछ त्यो मात्रै क्रान्तिको लागी प्राप्त हुंदैन बरू देशको अबस्थालाई ध्यानमा राखेर अन्तरराष्ट्रिय अबस्थापनि तैयार हुनुपर्छ हामिले हतारमा आफु आत्तिएर मात्रै क्रान्ति हुँदैन।
कम्युनिष्ट आन्दोलन देश र जनताको आधारभूत आबस्याकताहो तर अहिलेको कम्युनिष्ट कम्युनिष्ट बाट पतन भएको अबस्थामा जति पटक आन्दोलन हुन्छ उतिपटक नयां नया अवसरबादले फाइदा उठाउँने जनताको र देशको अबस्थामा सुधार नहुने खतरा रहिरहन्छ।कम्युनिष्ट आन्दोलन जति पटक पतन हुन्छ त्यसको पुनर्जनम पनि हुंदैजान्छ।