• होमपेज
  • समाचार
  • बाढीले श्रीमान्–श्रीमतीलाई बगायो

बाढीले श्रीमान्–श्रीमतीलाई बगायो

  • मङ्लबार, साउन १७, २०७९
बाढीले श्रीमान्–श्रीमतीलाई बगायो

र्षासँगै आएको बाढीले कपिलवस्तुमा आज एक दम्पतीलाई बगाएको छ । जिल्लाको वाणगंगा नगरपालिकास्थित कोइली खोलाले स्थानीय ३६ वर्षीय दिलकुमार सुनार र उनकी ३१ वर्षीय श्रीमती राममाया सुनारलाई बगाएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

जंगलबाट नदी तरेर घर फर्कने क्रममा उनीहरूलाई बगाएको हो । उनीहरूसँगै बगेका १२ वर्षीय छोरा नीरज सुनारलाई भने स्थानीयले उद्धार गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक जेसी शाहले बताए ।

चर्चामा

सम्बन्धित समाचार