• होमपेज
  • समाचार
  • स्पेनमा मंकीपक्सबाट दोस्रो व्यक्तिको मृत्यु

स्पेनमा मंकीपक्सबाट दोस्रो व्यक्तिको मृत्यु

  • आइतवार, साउन १५, २०७९
स्पेनमा मंकीपक्सबाट दोस्रो व्यक्तिको मृत्यु

स्पेनमा मंकीपक्सबाट दोस्रो व्यक्तिको मृत्यु भएको जनाएको छ । यसअघि मंकीपक्सबाट एक जनाको मृत्यु भएको थियो । ३ हजार ७५० विरामीमध्ये १२० जना अस्पताल भर्ना भएका छन् र दुई जनाको मृत्यु भएको छ’ स्पेनको स्वास्थ्य मन्त्रालयले भनेको छ ।

यसले पीडितहरू ‘दुई युवा पुरुष’ रहेका र दुबै केसहरूमा थप ‘महामारीसम्बन्धी जानकारी’ संकलन गर्न अध्ययन भइरहेको बताएको छ ।स्पेनको स्वास्थ्य मन्त्रालयको आपतकालीन र सतर्कता समन्वय केन्द्रका अनुसार स्पेनमा ४ हजार २९८ जना संक्रमित भएका छन् । स्पेन विश्वको सबैभन्दा बढी प्रभावित देशहरू मध्ये एक हो ।

यसअघि ब्राजिलमा मंकीपक्सबाट एक जनाको मृत्यु भएको थियो ।एजेन्सी

चर्चामा

सम्बन्धित समाचार