• होमपेज
  • समाचार
  • भारतीय वायु सेनाको विमान दुर्घटनामा दुईको मृत्यु

भारतीय वायु सेनाको विमान दुर्घटनामा दुईको मृत्यु

  • शुक्रबार, साउन १३, २०७९
भारतीय वायु सेनाको विमान दुर्घटनामा दुईको मृत्यु

काठमाडौं — भारतको पश्चिमी राज्य राजस्थानमा प्रशिक्षण उडानको क्रममा दुर्घटनाग्रस्त भएको भारतीय वायुसेना (आईएएफ) का दुई विमान चालकको मृत्यु भएको छ ।

मिग-२१ जेट उडानको क्रममा दुर्घटना भएको भारतीय अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन् । प्रशिक्षण उडानमा रहेको विमान राजस्थानको राजधानी जयपुरबाट करिब ५३२ किलोमिटर पश्चिममा रहेको बारमेर जिल्लामा दुर्घटनामा परेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

भारतीय वायु सेनाले यस दुर्घटनामा ज्यान गुमाएकाहरुका प्रतिगहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारहरूसँग दृढतापूर्वक खडा रहेको जानकारी दिएको छ । एक अदालतको जाँचको आदेश दिइएको पनि वायुसेनाका अधिकारीहरुले जानकारी दिएका छन् । – एजेन्सीको सहयोगमा

चर्चामा

सम्बन्धित समाचार