सुरेशकुमार पान्डे — अहिले फेरी सरकारले’नागरिकता बिधायक’२०७९ पारित गराएकोछ।वास्तबमा सरकारले बिगत आफ्नो कार्यकाल देखि जनताका बिरोधमा उठेका बिचारलाई लत्याउँदै पहिले एम सीसीलाई पारित गर्यो र अहिले नागरिकता बिधेयक पनि पारति भै सकेकोछ।एउटा नाटकिय ढंगबाट देशको अस्तित्वनै नरहने गरी बिदेशीहरू सँग सरकारले एक पछि आर्को सम्झौता गर्दै आएकोछ।तर बिपक्षको भूमिका र कर्तव्य केहो त्यो स्वायम पनि बिपक्षले बिर्सिएकोछ।सरकारले अप्नाएको गलत बिचारकको ब्यापक र जोडदार बिरोध नहुनुले पनि यो गठबन्धन सरकारको हिंम्मत बढेकोहो।यो तानाशाही सरकारको जनविरोधी राष्ट्रघाती कृयाकलापको देशभक्तहरूले राष्ट्रियस्तरमा डटेर बिरोध गर्न नसक्नेहो भने देशनै नरहने अबस्था सिर्जित भएकोछ।
जनमका आधारमा नागरिकता पाएकालाई वशंका आधारमा नागरिकता दिएपछी,नेपाली जञैं समेतले नागरीकता पाएपछी देश कहां पुग्ला?यस बारे जनता गम्भिर हुनुपर्छ।नेपालीले बिहेगरेर ल्याएका बुहारीहरूले पनि बिदेशी नागरिका बाट राजिनामा दिएपछी मात्र नागरिकता पाउँने नियम हुनुपर्छ।
बिगतमा जनमका अधारमा धेरैजसो भारतिय नागरिकले नागरिकता पाएका थिए।छिमेकीहरूले नागरिकता पाएपछी नै देशमा संघियताको आवाज उठेकोथियो त्यो भन्दा पहिले नेपाली जनताले संघियताको बारेमा कतै आवाज उठाएको सुनिएन।गजेन्दर नारायणले संघियताको आवाज उठाएको भएपनि छिमेकीको दवाबमानै हो।
अहिले उनैका वंशजहरूलाई सरकारले नागरिकता दिन यो बिधायक ल्याएको थियो जस्लाई सरकारले पारित गराएर भारतलाई खुसिपार्ने प्रयात्न गरेको हो भन्ने कुरा प्रष्टैछ।
हाम्रो जस्तो थोरै जन संख्या भयको देश जो तिन तिरबाट खुला सिमाना भारत सँग सटेको छ त्यो देशमा छिमेकी मुलुक बाट नेपालमा आएर बच्चा जन्माएका ति बच्चाहरूलाई जनमको आधारमा नागरिकता दिंदा धेरै बिदेशीहरूले नागरिकता पाएका थिए अहिले उनैका आश्रितहरूले नागरिकता पाउनेछन।त्यस पछि देशमा इगिकृत नागरिकहरू भारिमात्रामा ठुलाठुला देशका सर्वोच्च पदमा पुगेपछी देश रहला?जबकी हाम्रो शन्तान भारतमा पुस्तौं देखून बसोबास गरेका वा जमिन सँगसंगै गएका नेपालीहरूले अहिलेपनि देशबिहीन भएर बांच्नु परिरहेको अबस्थाछ।
बिगतमा आसम मेघालय बाट एक लाख बढी नागरिकहरूले राष्ट्रिय पहिंचान पत्र पाउँने आधारभूत दस्तावेज नहुँदा देश निकाला हुनेकगारमा थिए।त्यो भन्दा पहिलेपनि सन१९८६मा मेघालय बाट हजारौं हजार नागरिक अपमानजनक भगाएका थिए।जम्मु कास्मिरमा ज्युँदै पोलेको उधारणछ,आसामको मेघालय बाट उनिहरूलाई कुटपिट सुत्केरीलाई बलात्कार गरेर खेदिएको अमानविय घटना हाम्रो सामुछ।त्यो मात्रै होइन नेपाल भाषिहरूले आफुले बोल्दै आएको भाषाको लागी पनि लामो बलिदानी पूर्ण शंघर्ष गरेपछि मात्र नेपाली भाषालाई आठौं सुचिमा सामिल गरेकोथियो।
हाम्रो देश सानु दुई ठुलाठुला देशको चपेटमा परेकोछ यस्तो अबस्थामा नागरिकता जस्तो अति सम्वेदनसिल डोकोमेन्टलाई अलि सक्त हुनुपर्नेहो तर सरकारले पटक पटक अत्यन्तै सम्वेदनसिल नागरिकता जस्तो बिषयलाई झनपछि झन लचिलो बनाउँदै नेपाली नागरिकताको ब्यपार गरिरहेकोछ।यसबाट देश फिजि जस्तै मिनि इण्डिया त लगभग बनिसकेको छ अब बिस्तारै सिक्किम बनाउन सरकार आफै प्रयासरत देखिन्छ।
एकातिर छिमेकीले सुगौली सन्धिबाट जमिन सँग भारतमा बसोबास गरेका नेपाल मूलका भारतिय नागरिकलाई प्रवाशि नागरिक जस्तै ब्यबहार गर्दै आएको प्रष्टैछ।आर्को तिर भारत र नेपाल बिच भएको शान्ति तथा मैत्रि सन्धिको तहत नेपाल र भारतका नागरिकलाई समान रूपले आवत जावत गर्ने छुट दिएर देशलाई अल्पमतमा पर्नेगरी छुट दिएकोछ।सिमानामा कुनै तारबार वा पर्खाल केहीछैन खुल्मखुला आवत जावत हुन्छ यो अबस्थामा नेपाललाई ठुलो नोक्सानको सामनागर्नु परेकोछ।सन १९५०को सन्धिको धारा सातले गर्दा हाम्रो देश फिजि तुल्य भएकोछ।सन्धिको धारा सातलाई त भारतले उपयोग गरेर देशलाई बिस्तारै फिजि बनाउँदै लगेकोछ तर त्यही सन्धिको धारा आठले “यो भन्दा पहिलेका तमाम सन्धि सम्झौता र कवुलियतनामालाई खारेजी गरेकोलाई भने रद्धिको टोकरीमा फालेकोछ त्यो बुंदा भारतले कहिलेई लागुगरेन नाही त्यसको बारेमा नेपाली सरकारले आवाज उठाउन सक्यो।
१८१५/१६मा भयको सुगौली सन्धिलाई यो सन्धिले खारेज गर्दा पनि ब्यबहारमा भने कहिलैई खारेज गरिएन्।
बरू सिमानामा अतिक्रमण रोकिएकोछैन लिपुलेख लिम्पियाधुरा र कालापानीको जमिन अहिलेपनी फिर्ता आएकोछैन।खोलाले भारतमा पुराएको दोधारा चाँदनीका जनताहरूले अबिभावक पाएकाछैनन्।यद्यापी त्यो चुच्चे नक्सा नेपालको संसदको पुरै मतले पारित भयकोथियो तर पनि त्यो लागुहुन नसक्नु भनेको पुरै देशको अपमानहो भनेर कहिले र कोले हो बुझ्ने?
हामिले छिमेकीलाई के भन्ने?जबकी हाम्रै देशका नेताहरू छिमेकीका अगाडी नतमस्तक हुन्छन,कट्पुत्लि नाच नाचेकाछन।उनिहरूले देशका जनताहरूको अमूल्य मतलिएर बिदेशीको दलालि गरेकाछन यही हाम्रो देशको जटिल अबस्थाहो।
आठौटा देश मिसिएर बनेको सार्कले पनि भारतिय पक्षपोषण गरेको हुन्छ यदि त्यसो हुंदैनथ्यो भने अहिले श्रिलंका को अबस्था यस्तो दयानिय हुनेथिएन।हामिले सार्क देशमा मात्र होइन विस्वमा आफ्नो देशको लागी शुरक्षाको आवाज उठाउँन सक्नुपर्छ।अन्याथा हाम्रो देश संसारको दोस्रो श्रिलंका हुनेछ।अहिले श्रीलंकाको अबस्था कसैबाट लुकेकोछैन त्यसबारे यँहा उल्लेख गर्नुपर्ने पनि देखिदैन्।
देशलाई देशका दुश्मनले भन्दापनी हाम्रो देशभित्र लुकेर बसेका नव लैण्डुपहरू द्वारा बढी खतरा भएकोछ।केही दिन पहिले प्रचण्ड र आरजू देउवा दिल्लि बाट फर्किए लगातै नागरिकता बिधेयक पारित भयो।जबकी प्रचण्डले सन१९५०को सन्धि अवलोकन गराउन आफुले सुरूंग खन्न परेपनि पछि नहट्ने भनेर मिडियाहरूमा भन्दै हिंडे तर उन्को सक्लि अनुहार छर्लङ्गै भएकोछ।
अहिले हामि राजनीतिक पार्टीहरू घरघरै खोलेर आपसमा लुछालुछ गर्न त सक्छौं तर बिदेशीले गरेको हश्तक्षेपलाई रोक्न सक्दैनौं,छिमेकीले गर्दै आएको हश्तक्षेपको मुद्धालाई अनतरराष्ट्रियकरण गर्न सक्तैनौ भने हामीले गरेको राजनीति किन र कस्कालागीहो?जनताले अहिले यही जान्न खोजेकाछन।हाम्रा पूर्वजहरूले आ आफ्नो बलिदान दिएर देशको रक्षा यसैका लागी गरेकाथिए?होइन भने अब हामी सचेत संगठित भएर राष्ट्रियताको झण्डा उठाएर अगाडी बढौं।
के नेपाली नागरिकता यति सस्तोछ जुन सरकार आउँछ उसैले बिक्रिको लागी डिलर खोलेर बस्दछ।तमाम राजनीतिक दलहरू,बुद्धी भएका बुद्धिजिवीहरूले यो देशका देशभक्त पत्रकारहरूले यस बारे निदार खुम्चाएर सोंचौ र यो नागरिकता बिधायक तत्काल खारेज गर्न आवाज उठाउँ।
हामिले दुनियाँभरीका लागी लडेर बहादुरी प्राप्त गय्रौं,नालापानीमा भोकै प्यासैपनि लडेर देशकोलागी सहदात प्राप्त गय्रौं के अहिले यो बिदेशीको शड्यन्त्रको मुकाविला गर्न राष्ट्रिय एकता हुन सक्दैनौँ?यदी सक्छौं भने बयान बाजि नगरेर यस्ता शड्यन्त्रमूलक भित्रिएका असमान बिचारहरूलाई खारेज गरौँ र एउटा अखण्ड देश नेपाल बनाउँ।