शुक्रबार, कार्तिक ३०, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • श्रीलङ्काको सङ्कटकालीन अवस्था संसदबाट अनुमोदन

श्रीलङ्काको सङ्कटकालीन अवस्था संसदबाट अनुमोदन

  • शुक्रबार, साउन १३, २०७९
श्रीलङ्काको सङ्कटकालीन अवस्था संसदबाट अनुमोदन

एजेन्सी — श्रीलङ्काको संसद्ले अनिश्चितकालीन सङ्कटकाललाई अनुमोदन गरेको छ। तत्कालीन कार्यवाहक राष्ट्रपति रनिल विक्रेमासिङ्घेले यसअघि घोषणा गरेको अनिश्चितकालीन सङ्कटकाल संसद्ले अनुमोदन गरेको हो।

संसदमा भएको मतदानमा १ सय २० सांसदले सङ्कटकाल अनुमोदनको पक्षमा र ६३ जनाले विपक्षमा मतदान गरेका छन्। सार्वजनिक सुरक्षाको हितका लागि सार्वजनिक सुरक्षा अध्यादेश, सार्वजनिक व्यवस्थाको संरक्षण र समुदायको जीवनरक्षा ऐनअन्तर्गत वर्तमान राष्ट्रपति विक्रमासिङ्घेले घोषणा गरेका थिए।

घोषणा भएको १४ दिनभित्र संसद्को अनुमोदन प्राप्त नभएमा कानुनी प्रावधानअनुसार त्यसको म्याद समाप्त हुने श्रीलङ्काको कानुनी प्रावधान रहेको छ। विक्रमासिङ्घे जुलाई २० मा भएको संसदीय मतदानबाट श्रीलङ्काको कार्यकारी राष्ट्रपतिमा निर्वाचित भएका थिए।

चर्चामा

सम्बन्धित समाचार