शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • समाज
  • जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ

  • बिहिबार, साउन १२, २०७९
जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ

काठमाडौं र बझाङबाट जुवातास खेलिरहेको अवस्थामा १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–१६ मनाङगेट बस्ने दिप लामाको घरमा जुवातास खेलिरहेको अवस्थामा ५ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा गोरखा धार्चे गाउँपालिका–७ घर भई हाल काठमाडौं महानगरपालिका–१६ नयाँबजार बस्ने २७ वर्षीय वीरबहादुर गुरुङसमेत छन् । उनीहरुलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३० हजार ८ सय ४० रूपैयाँ र ३ बुक ताससहित फेला पारी पक्राउ गरेको हो । यस्तै, बझाङको जयपृथ्वी नगरपालिका–९ सिमखेत बस्ने बिष्णु मण्डलेको घरमा जुवातास खेलिरहेको अवस्थामा ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ५८ वर्षीय दिपक खड्का समेत ११ जना छन् । उनीहरुलाई बुधबार प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९१ हजार ५ सय ७५ रूपैयाँ सहित फेला पारी पक्राउ गरेको हो ।

चर्चामा

सम्बन्धित समाचार