शुक्रबार, पुस २६, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • अती क्रमण भनेको बुझ्नै सकिन!

अती क्रमण भनेको बुझ्नै सकिन!

  • बिहिबार, साउन १२, २०७९
अती क्रमण भनेको बुझ्नै सकिन!

सुरेशकुमार पान्डे — पहिले पहिलेका नेताहरूले भन्ने गर्थे “हाम्रो देश अर्ध सामन्ती अर्ध उपनेवेसिकछ यो देशलाई छिमेकीले सिंग्गै खान नसकेर बिस्तारै मिच्दै मिच्दै गयकोछ।देशमा बिस्तारै अतिक्रमण हुंदै आयो।”
त्यो वेला पञ्चायती काल थियो हामीलाई लाग्थ्यो देशमा राजतन्त्र भएकोले देशको बिकास हुन सकिन यदी बहुदलिय ब्यबस्था आउँछ भने बिकास पनि हुन्छ र बिदेशीको हस्तक्षेप पनि रहंदैन।सके त देशमा नयां जनवादी ब्यबस्था आउँछ न आएपनी बिदेशीको प्रभाव कम हुनेछ।
तर त्यो बहुदलिय ब्यबस्थाले पहिलो पटक संघियता भित्राएर श्रिगणेष गय्रो।एउटा अखण्ड देशलाई सातवटा टुक्रामा बिभाजित गरेर कयौं दशक बाट छिमेकीले नसकेको काम बहुदलिय ब्यबस्थाले गराई दियो।
हामिले चोरलाई चोर भन्ने की नभन्ने भन्दै आपसमा लड्न थाल्यौं तर चोरले चोरेर देश हरिकंगाल गराइ सक्यो।
बहुदल पछि टनकपुर गयो त्यसपछि संघियता आयो,पछि बिप्पा आयो,त्यसपछी एम सीसी पारित भयो अहिले वे हिचकिच मौन आबस्थामा नागरिकता बिधेयक पारित भयो।
के नागरिकता बिधेयक प्रचण्डले भने झैं यस बाट नागरिकता पाउँनेहरू नेपाली होलान?वा अंगिकृत नेपाली जसलाई हिंजोका दिनहरूमा जनमको आधारमा नागरिकता बांटीयो अहिले उनैलाई बशंको आधारमा नागरिकता बांट्नको लागी मूल ढोका खोलियो।
सरकारको बाहिर रहने वेला जुनसुकै पार्टीले पनि देशभक्ती गफलगाउँछ तर त्यही पार्टी सरकारमा पुग्यो भने उस्ले सक्या सम्म छिमेकीको दलाली गरेको हामिले देख्दै र भोक्दै पनि आएकाछौं।
अहिलेको राष्ट्रिय अबस्था कसै सँगपनि लुकेको छैन एका तिर देशलाई सात टुक्रामा बांटेर स साना प्रदेशहरूलाई सरकार दियो ताकी देशको आर्थिकले त्यो थेग्न नसकेर देश रिणमा डुवोस आर्को तिर नागरिकता बिधेयक द्वारा बिदेशीहरूलाई देशभित्र ल्याउन सजिलो होस् त्यसैको लागी नागरिकता बिधेयकलाई लचिलो गराएर बिदेशी नागरिकलाई भित्राइयो।
यो ब्यबहार भनेको सिक्किमको तर्जमा देशको पतन हो।देश अहिले अत्यान्तै गम्भिर मोडमा ल्याएर छाडेकाछन।
पुराना त्यो वेलाका नेताहरूले भनेका कुराहरू पुष्टि र प्रमाणिक हुंदैगएको छ।
अहिले जसरी नाटकिए ढङ्ग बाट राष्ट्रघाती कामहरू हुंदैछन यो देख्दा देश अलि छिट्टै ‘मर्ज’ हुन सक्ने सम्भावना बढेकोछ।नेताहरूको कृयाकलाप देख्दा ताजुव हुन्छ।देशमा एउटा कुरा बिदेशमा गए आर्को कुरा बिपक्षमा आर्को कुरा सरकारमा गए आर्को उनिहरूले छेपाराको जस्तै रङ्ग बदल्दै जान्छन।आखिर किन?यो देशलाई बिदेशीको भेटी चढाउन लाई परेकाछन त्यो देखेर कुनैले पनि यिनिहरूलाई यो देशको सपुत्र भनेर भन्न सक्दैन।
देशमा अहिले नागरिकता बिधेयक पारित गराएर देशलाई बिदेशीको हवाला गराएकाछन त्यो आफुले गरेको अप्राधमा पनि नेताहरूलाई गर्वछ।देश सिक्किमि करण गर्न उनिहरू लाई परेकाछन।त्यसैमा पनि यिनिहरू खुसिछन यही यो देशको बिड्मबनाहो।
राजाको पालामा पनि यस्तो नागरिकता बिधेयक पारित हुन सकेको थिएन तर अहिलेका नेताले खास गरेर प्रचण्ड र शेरबहादुर देउवाले यो काम गरेर देखाएकाछन।अब हाम्रो देशमा जन संख्या कम हुनेछैन दिन दुइगुना र रात चौगुना जनसंख्याको बृद्धी हुनेछ।
एउटा बिसाल जनसागर देशभित्रिए पछी यो देशको अबस्था कस्तो होला?त्यो मात्रै होइन अंगिकृत नागरिकहरूले देशको कमान छोपेपछी गोर्खालीको बिउ नै भुट्टिन सक्छ भनेर बुझ्न गारो पर्दैन।
अहिले त नेताहरूलाई जसरी भएपनि सरकारमा सामिल हुने अनि जितेर देशको ढुकुटीमा रजांई गर्ने होड्मात्रै छ।राष्ट्रियता गणतन्त्र र जनजिविकाको कसैलाई सरोकार छैन कसैले बिदेशका गुलामी गरेकाछन कसैले बिरोधको लागी बिरोध गरेकाछन।कुनै नैतिक्ता छैन आ आफ्नो दुनो सोझाउनमा सबै ब्यस्थछन।
अहिले देशलाई टुक्रा टुक्रा पारेर पुगेन अनि नागरिकतालाई लचिलो बनाएकाछन अब त नेपाली बुहारी,नेपाली जञैंहरूले मण्डपमै नागरिकताको उपाधी पाउने पक्का पक्की भयो।
अनि कस्को सन्धिको अवलोकन गर्छौ?कुन अतिक्रमणका कुरा गर्छौ त्यो बुझ्न सकिदैन।जब सबै सरोबर हुन्छ त्यँहा उपरोक्त खोकला धाग लगाएर जनताको मत पाउँने आंट मात्रैहो।
खुल्लम खुल्ला सरकार आफैले बिदेशीहरूलाई भित्राउँने योजनामा नागरिकता बिधेयक पारित गराउँछ र त्यसको बिरोध गर्ने देशभक्तहरूलाई लाठी बर्षाउँछ घशिटेर बाहीर निकाल्छ।त्यही सरकारले देश अतिक्रमण भयो भन्छ अनि उसैका नेताले सन्धि अबलोकन गर्छौं भनेर धाग लगाउँछन।आखिर अतिक्रमण भनेको केरहिछ त?जनतालाई बुझाउन फिल्डमा जानुपर्ला कुनै दिन।

चर्चामा

सम्बन्धित समाचार